तेस्रो मनहर्वा गोल्ड कप : आज रिगल हेटौडा रिसोर्ट र रौतहट एफसी भिड्दै

रातोघर

 १४ माघ २०८०, आईतवार ११:५०  मा प्रकाशित
३६६ पाठक संख्या



बडहर्वा ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा आयोजित तेस्रो मनहर्वा गोल्ड कप अन्तरगत दोस्रो दिनको खेल रिगल हेटौडा रिसोर्ट र रौतहट एफसीबीच हुनेछ । बडहर्वा खेल मैदानमा आईतबार दिउँसो २ बजे खेल हुने आयोजकले जनाएको छ ।

शनिबारबाट सुरु भएको प्रतियोगिताको मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मौवादेवी खेल मैदानको स्तरोन्नतीका लागि तत्काल ५० लाख बजेट विनियोजन गर्ने र आगामी वर्षको योजनामा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन ।

माघ २० गतेसम्म आयोजना हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।

 

Write your Comment