NCEL घोटालाको निश्पक्ष छानविनको माग गर्दै शान्ति समाजको विरोध प्रदर्शन

पुष्पराज खतिवडा

 १६ माघ २०८०, मंगलवार १८:३८  मा प्रकाशित
४९७ पाठक संख्या



सिमरा,बारा ।

अरबौंको एनसिएल घोटालाको निश्पक्ष छानविनको माग गर्दै मानव अधिकार तथा शान्ति समाज बारा शाखाले ईलाका प्रशासन कार्यालय सिमरा अगाडी विरोध प्रदर्शन गरेको छ । एनसिएल घोटाला विरुद्ध एकघण्टाको शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको शान्ति समाज बाराका सभापती लक्ष्मण साहले जानकारी दिए ।

कार्यक्रममा शाखा सभापति लक्ष्मण साह ,केन्द्रिय कार्यसमिति सदस्य मिरा देवी अधिकारी, पूर्व केन्द्रिय कार्य समिति सदस्य क्षेमा देवी अधिकारी, पुर्व बारा शाखा सभापति रघु लामिछाने सहित शाखा सचिव निराजन थापा,कोषाध्यक्ष पदम प्रसाद रिजाल सहभागि थिए ।

यसैगरी विरोध कार्यक्रममा आजिवन सदस्य ,साधारण सदस्यहरुको समेत सहभागिता रहेको सभापति साहले बताए । दिऊँसो ३ बजे देखि सुरु भएको कार्यक्रम ४ बजे अन्य गरिएको हो । कार्यक्रमलाई शाखा सभापति लक्ष्मण साह तथा पूर्व शाखा सभापति रघुनाथ लामिछानेले सम्बोधन गरेका थिए ।

अरबौंको एनसिएल घोटालाको निश्पक्ष छानविन गर । शान्ति समाजको आवाज बुलन्द पार्दैछौं । सम्बन्धित निकायहरूको ध्यानाकर्षण होस् । हाम्रो प्रदर्शन जारी छ। भन्ने नारा सहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

सर्वसाधारणले त बिर्सिसके होलान् कम्तिमा शान्ति समाजले त झक झकाउँदै रहेछ भन्दै कतिपयले टिप्पणी गरेका छन् ।

Write your Comment