

बारा।
नेपाल अपाङ्ग सेवा संघ बाराको ब्यवस्थापनमा संचालित बाहिरा तथा सुस्त श्रवण र बौद्धिक अपाङ्ग श्रोत कक्षा संचालनमा सरकारी उपेक्षाले समस्या भएको छ ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१ मा संचालित एकमात्र श्रोत कक्षालाई सरकारी उपेक्षाका कारण प्रभावकारी बनाउन नसकिएको अपाङ्ग सेवासँघ बाराले जनाएको छ ।
श्रोत कक्षाका लागि आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा समस्या भैरहेको अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा प्रसाद वाग्लेले गुनासो गरे । श्रोत कक्षामा हाल ३५ जना बहिरा तथा सुस्त श्रवण र बौद्धिक अपागं अध्यायनरत छन् ।
उनीहरुको रेखदेख र ब्यवस्थापनका लागि आवश्यक दक्ष जनशक्ति छैनन् । अपाङ्ग बालबालिका मैत्री भौतिक संरचना, खेलकुद र मनोरञ्जका सामाग्रीको उपलब्धता छैन । त्यसका लागि राज्यका निकायहरु विशेषगरी स्थानिय सरकारलाई पटकपटक आग्रह गरिएपनि सुनुवाई हुँदैन, उनको गुनासो छ ।
श्रोतकक्षा संचालनमा केहीलाई सहयोगिका रुपमा न्युन ६÷७ हजार रुपैंया मासिक तलब सुविधा दिएर काम चलाएकाछौं । सामान्यतया बहिरा बालबालिका १० जना बराबर २ जना,सुस्त श्रवणका लागि ८ जना बराबार २ जना सहयोगि शिक्षकको आवश्यकता पर्दछ । तर यहाँ दुईजना शिक्षक र तीन जना सहयोगिका भरमा बालबालिको शिक्षा, ब्यवस्थापन र रेखदेख गर्नु परिरहेको छ ।
जनशक्ति अभावका कारण थप बालबालिको ब्यवस्थापन गर्न नसकिने हुँदा अझै धेरै सयौं अपाङ्ग बालबालिका श्रोत कक्षा ल्याउन सकिएको छैन, अध्यक्ष वाग्लेले बताए ।
उनका अनुसार श्रोत कक्षामा एकदेखी कक्षा ६ सम्मको पढाई हुँदै आउको छ । यसपछिको पढाई सपाङ्गसगै गर्नु गराउनु पर्ने हुँन्छ । सपाङ्गसँगै अध्यायनमा अपाङ्गहरुले सहज वातावरण नपाउँदा विचैमा पढाई छोड्ने गरेका छन् ।
जस्काकारण अपागं बालबालिकाहरुको माध्यमिक तहनै पुरा हुनसकिरहेको छैन । उनीहरुले उच्च शिक्षा पाउने अवस्था आउनै कठिन हुने गरेको अध्यायनले देखाएको उनले बताए ।
सिमरा स्थीत श्री नेपाल राष्टिय माध्यमिक विद्यालयले संचालन गरेको उक्त श्रोतकक्षा ब्यवस्थीत गर्न विद्यालयका तर्फबाट समेत धेरै प्रयास भएका छन् । राज्यले सहयोग नगर्दा समस्या भैरहेको हो ।
समाजका सहयोगि मन, अविभावक र केही संस्थाको सहयोगमा बालबालिको भरणपोषण चलिरहेको छ । सोमबार प्रेस चौतारी नेपाल बाराले २६ औं स्थापना दिवसको अवसरमा आयोजित खाध्यान्न तथा शैक्षिक सामाग्री ग्रहण गर्दै वाग्लले गुनासो सुनाएका हुन् ।
चौतारीले कापी कलम ब्याडमिन्टन् विस्कुट तथा नगद सहित करिब ७५ हजार रुपैँयाको सामाग्री बालबालिकाकालागि अपाङ्ग सेवासंघ मार्फत सहयोग गरेको थियो ।





Write your Comment