जीतपुरसिमरामा शुरु भयो `विद्यालय सर्वेक्षण कार्यक्रम´

रातोघर

 २०८० फागुन ९, बुधबार  मा प्रकाशित
८६७ पाठक संख्या


सिमरा ।

जीतपुरसिमरा उपमहानगरको लगानीमा सिमरा क्याम्पसले नेतृत्व लिएको विद्यालय सर्वेक्षणको शुरूवात भएको छ ।
उपमहानगरको शैक्षिक स्तर, बिधालयको भौतिक व्यवस्थापन, शिक्षक अनुपात र सुधार योजनाको प्रारम्भिक अध्ययनका लागि यो अध्ययनले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

स्थानिय तीन क्याम्पसका स्नातक अध्ययनरत विद्यार्थीहरु सर्वेक्षक स्वयंसेवकका रुपमा विद्यालय सर्वेक्षणमा खटिएका छन् । उपमहानगर प्रमुख राजन पौडेलद्वारा उद्घाटन गरिएको  ४ दिने प्रशिक्षण कार्यक्रमको आयोजना पछी उनिहरुलाई आजदेखी विद्यालय सर्वेक्षणमा पठाईएको हो ।

करिव २० दिन लाग्ने यो सर्वेक्षणमा १ सय ६० विद्यार्थी खटिएका छन् । उपमहानगरका संस्थागत र सामुदायिक दुवै विद्यालयका आधारभूत तहमा अध्ययनरत् विद्यार्थी र विद्यालयको समग्र भौतिक व्यवस्थापन र शैक्षिक व्यवस्थापनबारे यो अध्ययन केन्द्रिय रहने सिमरा क्याम्पसका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।

आज उपमहानगरका १ र २ नम्बर वडाका सात वटा विद्यालयको सर्वेक्षण सकिएको छ भने भोलि सात विद्यालयको सर्वेक्षणमा १ सय ६० जना स्वयंसेवक खटिदैछन् ।

यो अध्ययनपछी उपमहानगरले सर्वेक्षणका आधारमा विभिन्न शैक्षिक रणनीति निर्माण गर्ने र शिक्षक व्यवस्थापनको तयारी गर्ने नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।
यो अध्ययनलाई बिट्स ल्याडर काठमाडौले प्राबिधिक सहयोग गरिरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban