एमाले बाराको जिल्ला अधिवेशन चैत्र १९ र २० गते हुने

पुष्पराज खतिवडा

 २०८० फागुन १३, आईतबार  मा प्रकाशित
४२१ पाठक संख्या


बारा ।
नेकपा एमाले बाराको जिल्ला अधिवेशन चैत्र १९ र २० गते हुने भएको छ । शनिबार सम्पन्न सचिवालय बैठकले अधिवेशनको मिति तय गरेको हो । बैठकले जिल्ला अधिवेशन सफल बनाउन विभिन्न उपसमिति गठन गर्दै जिम्मेवारी समेत तोकेको एमाले बाराले जनाएको छ ।

कलैया स्थित पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला अध्यक्ष विनोद साहलाई राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख टिना सुवेदीलाई प्रचार तथा अतिथि सत्कार, सचिव अध्यानन्द पाण्डेलाई सांगठानिक प्रतिवेदन तथा प्रतिनिधि व्यवस्थापनको जिम्मा दिएको छ ।

यसैगरी उपसचिव अमृत शर्मा बजगाईंलाई जनपरिचालन, उपसचिव भुलन चौधरीलाई स्वयंसेवक परिचालन, जवाहिर अंसारीलाई मञ्च तथा आवास व्यवस्थापन, भिखारी साहलाई खाना तथा नास्ता व्यवस्थापन उपसमितिको संयोजक तोकेको जिल्ला प्रचार विभाग प्रमुख सुवेदीले जानकारी दिईन् ।

यस्तै बैठकले पार्टी र जनसंगठनबाट करिब ६ सय प्रतिनिधि अधिवेशनमा सहभागी गराउने निर्णय समेत गरेको छ । अधिवेशनका लागि चैत्र ३ गते प्रतिनिधि परिषद् बैठक र चैत्र ७ गते प्रतिनिधि चयन गर्ने निर्णय उनले जानकारी दिईन् ।

जिल्ला अध्यक्ष साहको अध्यक्षतामा बसेको बैठकमा पोलिटव्युरो सदस्य एवम् बारा १ का सांसद अच्युत मैनाली, केन्द्रीय सदस्य बलबीर चौधरी, एकबाल मियाँ, मधेस प्रदेश सचिव मनोज पौडेल लगायत एमाले बाराका पदाधिकारी र सचिवालय सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban