

बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले पनि दादुरा–रुबेला खोपको ५ दिने अभियान आजबाट सुरु भएको छ ।
अभियानका क्रममा ९ महिना देखी १५ बर्ष उमेर समुहका बालबालिकाहरूलाई अनिवार्य दादुरा–रुबेला खोप लगाईनेछ । रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन हुने भएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रबि कुमार भाष्करका अनुसार १३ फागुन देखि १७ गतेसम्म जीतपुरसिमराका २४ वटै वडामा खोप अभियान चल्नेछ । यो अभियान अन्तरगत नियमित प्रकृयामा खोपलगाउन छुटेका र लगाएका सबैलाई खोप लगाईने छ ।
९ महिनामा पहिलो र १५ महिनामा दोस्रो पटक खोप लगाई सकेका बालबालिकाका लागि बुस्टरडोजका रुपमा थप खोप लगाउन लागिएको छ । योे अभियानका क्रममा उल्लेखित उमेर समुहका बालबालिकाले लगाउनु पर्ने अन्य खोप छुटेको भए सो खोपहरु समेत लगाउने ब्यवस्था मिलाईएको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख भाष्करले जानकारी दिए ।
उनले खोप अभियानको अवधिमा जीतपुरसिमरामा बिभिन्न खोप केन्द्रमार्फत करिब ४० हजार बालबालिकालाई खोप लगाईने बताए । यसका लागि प्रत्येक वडामा ५ जनाका दरले स्वास्थ्यकर्मी परिचालन गरिएको छ । उपमहानगरमा ७५ जना स्वास्थ्यकर्मी र १३७ जना स्वयंसेविका परिचालन हुनेछन् ,उनले भने ।
उपमहानगरले वडा स्तरिय खोप समन्वय समितिले तोकेको चार स्थान र स्वास्थ्य केन्द्रगरी ५ दिन छुट्टाछुट्टै स्थानमा खोप अभियान चल्ने छ । जितपुरसिमरा उपमहानगरपालिकाकामा विद्यालय र बाहिरका गरी करिब ४० हजार बालबालिका लक्ष्यीत अभियान चलाईने भास्करले बताए ।





Write your Comment