जीतपुरसिमरा महोत्सवको तयारी पूरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने

पुष्पराज खतिवडा

 १७ फाल्गुन २०८०, बिहीबार १९:५८  मा प्रकाशित
१०४५ पाठक संख्या



सिमरा, बारा ।
जीतपुरसिमरा उपमहानगरपालिका नगर उद्योग बाणिज्य संघले आयोजना गर्ने प्रथम जीतपुरसिमरा महोत्सव २०८० सुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्ने छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीमा सुक्रबार २ बजेपछी मुख्यमन्त्री यादवले महोत्सव उद्घाटन गर्ने छन् । यसअघि आयोजकले महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाले उद्घाटन गर्ने जनाएको थियो ।

प्रधानमन्त्री कार्यब्यस्तताले आउन नसक्ने भएपछी मुख्यमन्त्री यादव आउन लागेका हुन् । विहिबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सम्पूर्ण तयारी पुरा भएको जनाएकोे हो ।

स्थानिय उत्पादन संगै पर्यटन प्रवद्र्धनगरी आर्थिक गतिविधि सकृय पार्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव फागुन २९ गते सम्म रहनेछ ।

‘कृषि, पर्यटन,खेल,उद्योग र व्यापार जीतपुरसिमरा, बारा मधेश समृद्धिको मुख्य आधार’ भने मुल नारा सहित नगर वाणिज्य संघले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवमा आधुनिक प्रविधिको प्रदर्शनी, स्थानिय कला, बिभिन्न जाती र जनजातीहरुको संस्कृती झल्कने झाँकी समेत प्रस्तुत गरिने छ ।स्थानिय व्यापारलाई प्राथमिकतामा राखेर स्टलहरुमा १५ देखी २५ प्रतिशत सम्मको छुटका योजना रहेका छ । १ सय ५० वटा ब्यवसायीक स्टल रहने आयोजक संघका महासचिव प्रकाश गिरीले जानकारी दिए ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई २५, सर्वसाधारणलाई ५० र बेलुकीका लागि १०० रुपैंया दर्शकले तिर्नु पर्ने छ । जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि भने टिकट नलाग्ने ब्यवस्था गरिएको गिरीले बताए ।

महोत्सवमा प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन समेतको आयोजना गरिने नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताए । डान्स च्याम्पियनमा प्रथम हुनेलाई ३० हजार, द्धितियलाई १५ तृतियलाई १० र चौथो हुनेलाई ५ हजार रुपैंया सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ ।

दैनिकरुपमा स्थानिय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने पत्रकार सम्मेलनामा शर्माले जानकारी गराए ।

Write your Comment