जीतपुरसिमराले भब्य रुपमा सहकारी दिवस मनाउने,प्लेकार्ड र ब्यानर सहित सहभागि हुन सहकारीकर्मीहरुलाई अनुरोध

पुष्पराज खतिवडा

 १४ चैत्र २०८०, बुधबार १४:४६  मा प्रकाशित
३८७ पाठक संख्या



बारा ।
जीतपुरसिमरा उपमहानगरपालिकामा ६७ औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा मनाउने निर्णय भएको छ ।

विहिबार उपमहानगरका सहकारी समन्वय समितिका अध्यक्ष एवं नगर उपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले चैत्र २० गतेका दिन विहान ७ बजे प्रभातफेरी सहित सहकारी दिवस मनाउने निर्णय गरेको हो ।

बैठकबाट पालिका भरिका सहकारीलाई प्लेकार्ड तथा ब्यानर सहित उत्साहजन सहभागिताका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । उपमहानगगरपालिका परिषरमा जम्मा भई प्रभातफेरी सहित जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थीत शान्ति टोल स्थीत खुल्ला मैदानमा सभा गरी कार्यक्रम गर्ने तय भएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा उपमहानगरपालिका भित्रका केही उत्कृष्ठ सहकारीलाई सम्मान गरिने छ । उक्त दिन पालिका भरीका सहकारीहरुलाई सार्वजनिक विदा दिन अपिल गर्ने समेत निर्णय भएको वहाँले बताउनु भयो ।

यस्तै आगामी बैषाखमा बाहिय प्रशिक्षक बोलाई २ दिने सहकारी सेमिनारको समेत आयोजना गर्ने निर्णय भएको उपमहानगरका सहकारी शाखा प्रमुख सुधन चौधरीले जानकारी दिनु भयो । राष्टिय सहकारी महासंघले यसबर्षका लागि “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” भन्ने नारा तय गरेको छ ।

पालिकामा कृषि, बचत तथा ऋण र दुग्ध सहित ७० वटा सहकारी संस्था संचालनमा रहेका छन् , नगर सहकारी प्रमुख चौधरीले बताउनु भयो ।

Write your Comment