गण्डकी प्रदेशमा अर्जुन रसाईलीलाई भव्य स्वागत

रातोघर

 १७ चैत्र २०८०, शनिबार २१:०८  मा प्रकाशित
६२० पाठक संख्या



कास्की ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष एवम् आसन्न चौंथो महाधिवेशनका अध्यक्षका प्रत्यासी अर्जुन रसाईली सहित उहाँको समूहलाई नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशले पोखरा स्थित होटल दिप सागरमा भव्य स्वागत तथा सम्मान गर्दै वृहत अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा अध्यक्षका प्रत्यासी अर्जुन रसाईलीको ३२ बुँदे साझा प्रतिवद्धता २०८० सार्वजनिक एवम् लोकार्पण भएको छ । कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष चन्द्र किशोर गौतमको अध्यक्षता र नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहन कुमार सुनारको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको आसन्न चौंथो महाधिवेशनको सन्दर्भमा रसाईली समूह आज गण्डकी प्रदेश पोखरामा आइपुगेको हो । उक्त समूहलाई पोखरामा स्वागत गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका गण्डकी प्रदेश सभापति चन्द्र किशोर गौतमले मर्यादाका आधारमा अहिले पालो भनेको वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईलीको रहेको र उहाँको समूहलाई अमूल्य मत प्रकट गरि सहयोग गरिदिनु हुन सबै सहभागी व्यवसायीलाई अनुरोध गरेका छन्।

Write your Comment