

सिमरा ।
मानव अधिकार तथा शान्ति समाज बारा शाखाले जिल्लाको सिमरामा प्रदर्शन गरेको छ ।
संक्रमणकालिन न्याय प्रकृयालाई राजनीतिक लेनदेनको विषय बनाउँन पाँईदैन । संक्रमणकालिन न्याय सम्बन्धी संसोधन विधेयकलाई पहिले मानव अधिकारमैत्री बनाउ र सोही अनुप प्रकृया अगाडी बढाऊ । विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप मानव अधिकारको गम्भीर उल्लंघन र मानवता विवरुद्धको अपराधमा संलग्नहरुलाई दण्ड सुनिस्चीत गर । भन्दै शान्ति समाज बाराका पधादीकारीले सिमरा स्थीत ईलाका प्रशासन कार्यालय अगाडी शनिबार विहान प्रदर्शन गरेका हुन् ।
मानव अधिकार तथा शान्ति समाज बाराका सभापती लक्षमण साह, उपसभापती पदम प्रसाद रिजाल, सचिव निराजन थापा, पूर्व सभापती रघुनाथ लामिछाने, ईन्द्र प्रसाद खनाल लगायत पधादिकारीहरुको सहभागिता थियो ।
मानव अधिकार तथा शान्ति समाजको देशब्यापी कार्यक्रम अन्तरगत बाराको सिमरामा पनि प्रदर्शनको आयोजना गरिएको बारा शाखा सभापती लक्षमण साहले जानकारी दिनु भयो ।
प्रदर्शनमा सहभागीहरुले पिडितलाई न्याय र पिडकलाई सजाय नै शान्ति प्रकृयाको तार्किक निष्कर्ष, द्वन्द कालमा भएका मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई कार्वाही गर, शान्ति प्रकृयाको १८ बर्ष : संक्रमणकालीन न्याय अझै किन अलपत्र भन्ने थप नाराहरु लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।








Write your Comment