सरकार ढल्दैन, विपक्षीले मुख नमिठ्याए हुन्छ : एमाले उपाध्यक्ष पोखरेल

पुष्पराज खतिवडा

 १९ चैत्र २०८०, सोमबार १७:५९  मा प्रकाशित
३३६ पाठक संख्या



बारा ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारको आयू छोटो छ, भन्ने कुरा बजारी हल्ला मात्रै भएको बताए । बाराको कलैयामा आयोजित एमाालेको ११ औं जिल्ला अधिवेशनलाई सोमबार सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले भने “वर्तमान सरकार देशका आवश्यताले निर्माण भएकाले छिटै ढल्दैन । विपक्षले मुख नमिठ्या हुन्छ । यो सरकारसँगै बनेको समिकरण लामो समय जान्छ”, उनले भने ।

उनले वर्तमान सरकार निर्माण हुनुको कारण समेत खोले । एमालेलाई सिध्याउने रणनीतिका साथ बनेको तत्कालिन काँग्रस सम्बद्ध गठबन्ध आफ्नै बोझले ढलेपछी पछिल्लो समिकरण तयार भएको बताए । देश विकास र समृद्धिका लागि काँग्र्रेस बाधक बन्दा समस्या भएको उनको भनाई थियो । हिजो केपी ओली प्रधानमन्त्री बन्दा अघि सारेका विकासका योजना पुरा गर्न पनि एमाले सरकारमा आउन जरुरी थियो । सुनकोशी मरिन डाईभर्सन मधेशको समृद्धिको आधार भएको भन्दै एमाले सरकारका पाला अधुरा कामले अव गती लिने उनले बताए ।

यस्तै पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेललले यूवालाई नेतृत्वामा लैजान तलबाटै वातावरण बनाईएको भन्दै नगर देखी केन्द्रको राजनितीमा ४० प्रतिशत यूवा समेटेर एमाले अगाडी बड्ने बताए । आगामी बैशाष १५ गते ईलाम २ मा हुने उपनिर्वाचनमा पूर्व सभामुख स्वार्गिय सुवास नेम्वाङका छोरा सुहाग नेम्वाङलाई अघि सारिएको प्रसंग केलाउँदै उनले यूवालाई अवसर दिन एमालेले सुरुवात गरिसकेको बताए । एमाले भित्र विचार र नीतिको कमी नभएको भन्दै जोस र जाँगर भएका यूवालाई पार्टीको नेतृत्व दिन एमाले आतुर रहेको बताए ।

वर्तमान सरकार फरक पार्टी र विचार विचको गठबन्धन भएपनि राष्टिय आवश्यताले बनेको भन्दै भएको भन्दै पोखरेलले देशको समग्र विकासका लागि नया सममिकरण भएको पनि बताए । मधेश लगायत समग्र देशको सर्वागिण विकाासका लागि एमाले मात्रै पहिलो विकल्प भएको उनले बताए ।

एमाले बारा अध्यक्ष बिनोद साहको अध्यक्षतामा सम्पन्न भएको ११ औं जिल्ला अधिवेशनमा एमाले सचिव एवं भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठ, केन्द्रिय सचिव एवं मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य पुरुसोत्तम पौडेल, सुमन प्याकुरेल, रामदयाल मंडल, कृषि मन्त्री एवं पोलिट ब्यूरो सदस्य ज्वालाकुमारी साह, अच्युत मैनाली लगायतले अधिवेश सफलताको कामना गरेका थिए भने जिल्ला सचिव अध्यानन्द पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Write your Comment