साना ब्यवसायीलाई बाईपास गर्ने निति एजेन्डामा राखेपछि अध्यक्षका उम्मेद्वार रामुदामुसँग प्रदेश सभापति साह रुष्ट

 २० चैत्र २०८०, मंगलवार १८:४३  मा प्रकाशित
१९४४ पाठक संख्या



काठमाण्डौं ।
राष्ट्र बैकले सुनचादि ब्यवसायिहरुलाई कोटा मार्फत उपलब्ध गराउदै आईरहेको सुनको कोटा नै खारिज गर्नि प्रमुख चुनावि एजेन्डा बनाएपछि आम ब्यवसायीमा तरङ्ग उत्पन्न भएको छ।
आगामि चैत २३र२४ गते हुने महाधिवेशनका अध्यक्षका प्रत्यासि उम्मेदवार बिपिन रामुदामुले आफ्नो पहिलो काम नै कोटा प्रणालि खारिजि भने पछि आम साना ब्यबसायि झस्किएका हुन्। राज्यले ब्यबसायि सगठनको सिफिरसमा उपलब्ध गराउने सुन ब्यक्ति तथा कम्मनिले एलसि खोलि डरलमा मगाउन पर्ने भए पछि साना ब्यवसायिहरुले आफ्नो हितमा नभएको भन्दै रामुदामको बिरोधमा उत्रिन थालेका छन्।
महासघमा ८० प्रतिशत साना ब्यवसायी रहेकोमा सघ ठुला ब्यवसायिहरुको भावनालाई समेटेर निति बनाउने दाउमा रहेको आरोप लगाउदै मधेश प्रदेशका सभापति रामजि साहले बिरोध जनाएका छन्।सभापति साहले भनेका छन् महासघ ठुला ब्यवसायिको मात्र होईन साना ब्यवसायिको पनि भएकोले अध्यक्षका प्रत्यासि रामुदामु लाई जिम्मेवार हुन आग्रह गरेका छन्।
मधेश प्रदेश सबै साना तथा मझैला ब्यवसायिहरुको बाहुलेता रहेकोले साना ब्यवासायिलाई बाईपास गर्दै ल्याइने निति मान्य नहुने चुनावमा बिपिन रामुदामुको टिमलाई मन सहित मत नदिन आम ब्यवसायिलाई आग्रह गरेका छन्।सभापति साहले भनेका छन् ठुला ब्यवसायिलाई मात्र पक्ष्यपोषण गर्ने निर्णयहरु अघिलो कार्यकालमा लागु गराउन बिफल भएका रामुदामु टिम यो कार्यकालमा यसरि चुनाबि एजेन्डा नै बनाएकोले चुनावमा उनको टिम कुनै पनि हालतमा नजित्नि जिकिर गरेका छन्।
नेपाल सुनचाँदी ब्यवसायी महासघंको चौथो महाधिवेशन आगामि चैत २३र२४गते हुन्दै छ ।चौथो महाधिवेशनमा अध्यक्षका उम्मेदवारको रुपमा अर्जुन रसाईलि र बिपिन रामुदामु भिड्दै छन्।प्रदेश महादिबेशनमा भने सातै प्रदेश अर्जुन रसाईलिले कब्जा गरेका छन्।यसरि हेर्दा बिपिन रामुदामु अर्जुन रसाईलि सगको ठुलो मत अन्तरले तल पर्ने निस्चित देखिन्छ।

Write your Comment