बारा ।
जिल्ला अध्यक्षका लागि ३ जनाको उमेदवारी परेसँगै नेकपा एमाले बाराको ११ औ अधिवेशन निर्वाचनमा प्रवेश गरेको छ । बुधबार भएको मनोनयमा पूर्व जिल्ला उपाध्यक्ष टिना सुवेदी, सचिव अध्यानन्नद पाण्डे र सचिवालय सदस्य अनिल कुमार मैनालीले अध्यक्ष पदका लागि उमेदवारी दिएका छन् ।
एमाले बाराको १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ जना उपसचिव सहित १२५ जनाको जिल्ला कमिटीका लागी विहिबार दिउँसो मतदान हुँदैछ । जिल्ला कमिटीका लागि १६ पालिका र समावेसी कलस्टरबाट निर्वाचित हुने छन् । जिल्ला कमिटीका लागि ३ सयजना बढीको उमेदवारी परेको निर्वाचन कमिटी श्रोतले बतायो ।
सुवेदी र पाण्डे प्यानलै बनाएर मैदानमा छन् ,भने मैनालीले स्वतन्त्र उमेदवारी दिएको बुझीएको छ । पूर्व उपाध्यक्ष सुवेदी नेकपा एमाले पोलिटब्युरो सदस्य एवं संघिय सांसद अच्युत मैनाली पत्नी हुन् । राजनितीमा लामो अनुभव सम्हालेकी मैनाली अखिल नेपाल महिला संघ बाराकी पूर्व अध्यक्ष हुन् ।
प्रस्टवक्ता, पार्टीमा इमान्दार छवी बनाएकी सुवेदीलाई जिल्ला अध्यक्ष बनाउन नेपाल सरकारकी कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साह र सांसद मैनाली सहित २ जना पोलिटब्यूरो सदस्य लागिपरेका छन् । यस्तै सहित एमाले पूर्व जिल्ला अध्यक्ष बलविर प्रसाद चौधरी, सुन्दर विश्वकर्मा, एकवाल मिंया, सरस्वती चौधरी लगायत एकदर्जन केद्रिय तथा प्रदेशकमीटि सदस्य उनका पक्षमा खुलेर जोडतोडका साथ लागेका छन् ।
यस्तै एमाले बाराको राजनीतिमा लामो समय योगदान गरेका अनुभवी स्वयम्सवी नेताको छवी बनाएका ब्यक्ति हुन्, पूर्व सचिव पाण्डे । उनलाई पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम् पौडेल, प्रदेश सचिव मनोज पौडेल सहित प्रदेश तथा जिल्लाका एकदर्जन प्रभावशाली नेताहरुको साथ छ । पाण्डेलाई जिल्ला अध्यक्ष बनाउन सकिनेमा उनीहरु ढुक्क देखिएका छन् ।
प्रभावशाली नेताहरु आफ्ना उमेदवारलाई जीताउन प्यानलै बनाएर दौडमा रहेका बेला जिल्ला अध्यक्ष विनोद साह भने यतीबेला सम्म कसैको पक्षमा खुलेका छैनन् । सहमतीमा जिल्ला पार्टी नेतृत्व चुनीने बताउँदै आएका साहले सहमती गराउने प्रयास सफल नभएको बताए । साथीहरुलाई विन्ती गर्दापनी त्यसो हुन सकेन । जे होस् । अव प्रकृयाबाटै जानु पर्छ यसको विकल्प छैन ,उनले भने ।
यसैगरी गुटउपगुटले पार्टीलाई हित नगर्ने भन्दै अध्यक्ष पदमा उमेदवारी दिएको बताउने मैनाली पूर्व शिक्षक हुन् । शिक्षक हुँदा समेत पार्टीमा महत्वपूर्ण योगदान गरेका उनी एमाले निकट बुद्धिजीवि परिषद्मा रहेर लामो समय काम गरेका ब्यक्ति हुन् ।
२०३६ साल अघिबाट एमालेमा सक्रिय मैनाली जिल्लामा एमालेलाई सुधारगरी बलियो बनाउन गुटउपगुटलाई निस्तेज पार्नुत्ने पर्ने भएकाले नै आफुले उमेदवारी दिएको बताउँछन् । गुट नरुचाउने ठुलो जमात रहेको त्यो जमातको मतबाट आफु अध्यक्षमा निर्वाचित हुने उनी बताउँछन् ।
११ औं जिल्ला अधिवेशन स्थल कलैया स्थीत जानकी हल परिषरमा भेटीएका एमाले नेता एवं प्रतिनीधि पुनदेव प्रसाद रौनियारले सुवेदी र पाण्डेका विच कडा प्रतिस्पर्धा रहेको बताए । जिल्लामा काम गरिरहेका दुबै नेता प्रभावशाली देखिएका छन् । थोरै मतान्तरले जीत हार हुन सक्ने देखिन्छ, उनले बताए ।
यस्तै अर्का प्रतिनीधि गोरख यादवले तीनजना उमेदवार भएपनि प्रतिस्पर्धा सुवेदी र पाण्डेको विचमा देखीएको बताए । प्रभावशाली नेताहरुको जिल्लामा प्रभाव को बलियो भनी देखाउने होड रहेकाले यसैले जित्छ भन्ने अवस्था छैन । नेताहरुले पार्टीलाई प्रतिष्ठाको विषय बनाउन खोज्दा सहमती हुन सकेन ,उनले ।
यता टिना सुवेदी प्यानलबाट सचिवमा उमेदारी दर्ता गराएका अमृत शर्मा बजगाँईले भने सुवेदी प्यानल बलियो रहेको दावी गरे । उनले सुवेदी ६० र पाण्डे ४०को अवस्थामा रहेको बताए ।
जिल्लाका १६ वटा पालिकाबाट करिब ८सय प्रतिनीधिले अधिवेशनमा भाग लिएका छन् । जस्मा सबैभन्दाबढी १२६ जना जीतपुरसिमरा उपमहानगरपाकिाबाट मात्रै रहेका छन् । उसले प्रतिनीधिका आधारमा सबैभन्दाबढी १७ जना जिल्ला कमिटिमा पाउने छ ।
लेखा समिति संयोजक र्निविरोध
नेकपा एमाले बाराको लेखा समिति संयोजकमा जीतपुरसिमरा उपमहानगरपालिका १६ टाँगियावस्ती निवासी रमेश सापकोटा निर्विरोध भएका छन् । उनी सहित दुईजनाको संयोजक पदमा उमेदवारी परेको थियो ।
अर्का उमेदवार निजगढका यादव प्रसाद लामिछानेले उमेदवारी फिर्ता लिएपछि सापकोटा र्निविरोध भएका हुन् । यद्यपी उनी निर्विरोध भएको आधिकारी सुचना आउन भने बाँकी नै छ । केहीबेरपछी मात्रै नतिजा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।
Write your Comment