यातायात ब्यवसायीका सत्प्रतिशत समस्या समाधान गर्छौं : मुख्यमन्त्री यादव

पुष्पराज खतिवडा

 १४ बैशाख २०८१, शुक्रबार १८:४९  मा प्रकाशित
४४२ पाठक संख्या



सिमरा, बारा ।
यातायात ब्यवसायीका सत्प्रतिशत समस्या समाधान गरिदिने मधेश प्रदेका मुख्यमन्त्री सरोज कुमार यादवले बताएका छन् । सुक्रबार बाराको सिमरामा तराई यातायात ब्यवसायी संघको १७ औं बार्षिकसभामा यादवले यस्तो बताएका हुन् ।

प्रमुख अतिथी रहेका मुख्यमन्त्री यादवले “यातायात ब्यवसायीले सवारी नविकरण, सवारी चेकिङ्ग ,कर दाखिलाका क्रममा झेल्नु परेका समस्या चाँडै समाधान गरिने छ । त्यसका लागि कानुन बनाएर अगाडी बढिने छ ,भने कतिपय समस्या समन्वयका आधारमा समेत समाधान गर्नेछौं,” उनले भने ।

मुख्य र जटिल समस्या दिर्घकालिन समाधानका लागी मुख्यमन्त्री यादवले यातायात ब्यवसायीहरुलाई सुझाव मागेका छन् । “प्रदेश सरकारले यातायात कानुन बनाउँदै गरेको छ । तपाईहरुको समस्यालाई हलहुने खालका सुझाव दिएर कानुन निर्माणमा सहकार्य गर्नु भन्न चाहन्छु ,”उनले भने ।

बाराको पथलैयामा यातायातका सम्पुर्ण काम हुनेगरी कार्यालयको विस्तार गरिदिने । ढुवानीका समयमा प्रहरीले दिने उल्झ न्युनिकरणमा पहल गरिदिने र यातायात कार्यालयमा हुने घुसखोरीलाई नियन्त्रणमा तत्काल काम गर्ने उनले बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले प्रदेश मार्फत नहुने र संघिय कानुनमै परिमार्ज गर्नुपर्ने विषयमा आफुहरुले संसदमा कुरा उठाउने बताए । भारतीय मालबाहक सवारी निर्वाद मनखुशी बोकेर हिड्न पाउने र नेपाली सवारीलाई मात्रै प्रहरीले दुःख दिने कुरा जायज होईन , यस्ता विषयलाई प्राथमितामा राख्नेछौं, उनले भने ।

यस्तै अर्का संघिय सांसद अच्युत मैनालीले विशेषगरी टक पार्किङ्गको समस्या समाधान जरुरी रहेको भन्दै सोको लागि आफुले पहल गर्ने बताए । पार्किङ्ग अभावमा मुख्य राजमार्गमा जथाभावी राख्दा यातायात ब्यवसायी र सर्वसाधारणलाइृ सास्ती भैरहेको उनको भनाई थियो ।

कार्यक्रममा मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल ट्रक यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव रोजेन्द्रविक्रम बानियाँ , मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, मन्जु थापा मगर लगायतको सहभागिता थियो ।

कार्यक्रम तराई यातायात ब्यवसायी संघ सिमरा बाराका अध्यक्ष आमकृष्ण कार्कीको अध्यक्षता एवं संचारकर्मी सुनील गाउँलेको संचालनमा सम्पन्न भएको थियो ।

Write your Comment