

सिमरा ।
जीतपुरसिमरा उपमहानगरका नगर प्रमुख राजन पौडेललाई पुत्रलाभ भएको छ ।
उनकी पत्नी प्रतिमा भुसालले सिमरा स्थित सिमरा अस्पतालको प्रसुती कक्षमा छोराको जन्म दिएकी हुन् ।
नगर प्रमुख पौडेल स्थानीय स्वास्थ सेवाको पहुँच र स्तर वृद्धिमा तदारुकताका साथ लागि परेका बेला स्वयंले सिमरामै पत्नीको प्रसुती गराएका छन् ।
पत्नी भुसाल र शिशु दुवैको स्वास्थ अवस्था सामान्य रहेको डाक्टर प्रकाश साहले जानकारी दिए ।
डा. साहको नेतृत्वमा डा. तरन्नुम नेसा लगाएतको चिकित्सक टोली खटिएका थिए ।





Write your Comment