बारा ।
जीतपुरसिमरा उपमहानगर पालिका स्तरिय निजी विद्यालयहरुको सहभागितामा आजबाट क्रिकेट प्रतियोगिता सूरु भएको छ । पालिकाको वडा नं.४ औराह स्थीत खेलमैदानमा आयोजित प्रतियोगिताको शनिबार नगरका प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयूक्त उद्घाटन गर्नु भएको हो ।
मेयर पौडेलले बलिङ्ग र उपप्रमुख अधिकारी ब्यााटिङ्ग गरी प्रतियोगिताको औपचारी उद्घाटन गर्नु भएको थियो । यसअघि आयोजित उद्घाटन विषेश समहरोहलाई सम्बोधन गर्नुहूँदै नगरप्रमुख पौडेलले विश्वलाई चिनाउने एकमात्र विद्या खेलकुद भएको भन्दै नगरपालिकाले विद्यालय स्तरबाटै खेलकुदको विकास गर्न चाहेको बताउनु भयो ।
बजेट निर्माणको चरण उपमहानगरपालिका रहेको भन्दै आगामी बजेटबाट खेलकुदलाई विद्यालय तहबाटै विकास गर्ने बजेट सहितको योजना अगाडी ल्याउने सुनाउनु भयो ।
जितपुरसिमरा उपमहानगगरपालिका वडा नं.१ मा रहेको सिमरा पब्लीक ईङ्गलीस स्कुल(एस .पि. ई. एस.) को आयोजनामा प्रतियोगिता आयोजना गएिको हो ।
प्रतियोगितामा आयोजक विद्यालय सहित १० वटा निजी विद्यालयका टिम सहभागिता रहेको छ ।
कक्षा १० सम्मका बालबालिका सहभागि रहनेमा एक्स सर्भिसमेन, आर.भि.एस.एस., पाथीभारा, अक्षरा, सेन्ट अल्फोन्स, मिशन एकेडेमी, लोटस एकेडेमी र न्यु एकता स्कुल छन् । १२ ओभरको प्रतियोगिता हुने पहिलो दिनको खेल आयोजक एसपिईएस सिमरा र एक्स सर्भिसमेन डुमरवान विच भैरहेको छ ।
पढाईसँगै खेलकुदमा बालबालिकालाई जोड्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक सिमरा पब्लिक स्कुलका प्रमुख शालिकराम अधिकाीले बताउनु भयो । जितपुरसिमरा उपमहानगरपालिकाको उत्तरिक्षेत्रमा रहेका निजी विद्यालयहरुले बार्षिक रुपमा सबैको सहभागिता रहनेगरी विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।
खेलकुद, हाजिरी जवाफ, वक्तित्वकला लगायत विभिन्न विद्यामा एकदर्जनबढी कार्यक्रमहरु भिन्नभिन्न स्कुलकहरुको जिम्मेवारीमा हुँदै आएका छन् । सोही अन्तरगत एसपिएसको जिम्मा क्रिकेट प्रतियोगिता आयोजना परेको हो, प्रिन्सीपल अधिकारीले बताउनु भयो ।
प्रतियोगिता आगामी असार १ गते सम्म चल्ने प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमले ट्रफि, प्रमाण पत्र प्राप्त गर्ने छन् ।
Write your Comment