बारा ।
प्रहरीले शनिबार र आईबार गरी जिल्लाका भिन्न ३ स्थानबाट १ सय २२ केजी गाँजा सहित दुई जना ब्यक्तिलाई पक्राउ गरी आईतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहतको ईलाका अमलेखगजं, सिम्रौनगढ ,प्रहरी चौकी श्रीनगर बैरिया र पथलैयाबाट खटिएको प्रहरी टोलीले गाँजा सहित मानिस पक्राउ गरेको हो ।
सो क्रममा एकथान कार, दुईथान मोटरसाईकल समेत बरामद भएको बारा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कार चालक चितवन जिल्ला राप्ती नगरपालिका वडा नं. १० रिकाटार बस्ने २५ बर्षका मान बहादुर वाईवा र कारमा सवार जिल्ला मकवानपुर राक्सीराङ गाउँपालिका वडा नं. ५ बस्ने २६ बर्षका सुमन स्याङताङ छन् ।
उनीहरुलाई अंलेखगजं प्रहरीले जितपुरसिमरा २१ अमलेखगंजबाट शनिबार विहान ११ बजेको समयमा कारमा ८० किलो अबैध लागुऔषध गाँजा सहित बरामद गरेको हो ।
मकवानपुरबाट पथलैया तर्फ आउँदै गरेको बा १० च ३६१९ नम्बरको कार शंकास्पद लागी रोकी चेक जाँच गर्दा कारको पछाडीको डिक्कीमा लुकाइ राखेको अवस्थामा गाँजा बरामद भएको हो । पक्राउ परेका उनीहरु विरुद्ध लागू औषध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी अनुसन्धान प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानले बताउनु भयो ।
यस्तै प्रहरी शनिबार साँझ ७ः ३० को समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी श्रीनगर बैरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले बि आर ०५ सी ७०५४ नम्बरको बेवारिसे भारतीय हिरोहोण्डा गाडीको सिटमुली लुकाईएको अवस्थामा १० किलो गाँजा बरामद गरेको थियो ।
यसैगरी आईतबार ५ बजे प्रहरी चौकी पथलैयाको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ पथलैयामा बेवारिसे अवस्थमा फेला पारेकोे प्र.०३–००२प ५८५४ नम्बरको मोटरसाईकलमा झोलामा बाँधी राखेको अवस्थामा ३२ केजी गाँजा बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताउनु भयो ।
१२२ किलो अबैध लागू औषध गाँजा सहित वरामद गरीएको कार , मोटरसाईकल र मानिस समतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको उहाँले बताउनु भयो ।
Write your Comment