जितपुरसिमरामा ५८७ जनाको आँखा परिक्षण गर्दा एकसय जनामा मोतियाबिन्दु

पुष्पराज खतिवडा

 ९ असार २०८१, शनिबार १६:४३  मा प्रकाशित
३२८ पाठक संख्या



बारा:
जितपुरसिमरा उपमहानगरपालिकाका विभिन्न ५ वडामा निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । ती शिविरमा आएका ५८७ जनाको आँखा परिक्षण गर्दा एकसय जनामा मोतियाबिन्दुको समस्या फेला परेको नेपाल आँखा अस्पतालबाट खटिएका चिकित्सकले बताएका छन् ।

मोतियाबिन्दुसँगै धेरै मानिसको आँखामा रिफ्याक्टीब ईरर(चस्मा लगानु पर्ने अवस्था) तथा आँखामा मासु पालाउने एलर्जी देखिएको वरिष्ठ नेत्र चिकित्सक एवं आउटिज कोअडिनेटर राम केसीले बताउनु भयो ।

पालिकाको आर्थिक र नेपाल आँखा अस्पताल त्रीपुरेश्वर काठमाण्डौं प्राविधि सहयोग एवं वडाहरुको समन्वयमा शिविर आयोजना गरिएको हो । सोही क्रममा शनिबार पालिकाको वडा नं.१८को बडहर्वामा एकदिने निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भयो ।

शिविरमा १०५ जनाले आँखा परिक्षण गराएका थिए । आँखा परिक्षण भएका मध्य १७ जनामा मोतियाबिन्दु फेला परेको छ । यस्तै ४२ जनामा रिफ्याक्टीब ईरर(चस्मा लगानु पर्ने अवस्था) देखीयो, भने १२ जनाको आँखामा मासु पालाउने एलर्जी देखिएको वरिष्ठ नेत्र चिकित्सक एवं आउटिज कोअडिनेटर केसीले बताउनु भयो ।

यस्तै यसअघि वडा नं.१६ को महेन्द्रनगर, वडा नं.१को पथलैया, २ नं.वडाको सिमरा र ८ नं. वडाको लोसण्डा रमौलीमा शिविर सम्पन्न भए । ती वडाहरुमा क्रमश १५६,८२,१४३ र १०१ जनाको आँखा परिक्षण भएको केसीले बताउनु भयो । उहाँका अनुसार महेन्द्रनगरमा ३० जनमा मोतियाबिन्दु, ५६ जनामा चस्मा लगाउनु पर्ने र १६ जनमा एलर्जी देखियो ।

यस्तै वडा नं.१ मा भएको परिक्षण शिविरमा १६ जनामा मोतिया विन्दु,४९ मा चस्मा लगाउनु पर्ने र १० जना एलर्जी देखिएको थियो । यसैगरी वडा नं.२ मा १२ जनाको आँखामा मोतियाविन्दू, ३२ जनामा चस्मा लगाउनु पर्ने र ७ जनामा एलर्जी देखियो ।

यस्तै वडा नं.८ मा १४३ जनाको परिक्षण गर्दा २५ जनामा मोलिया विन्दु,७६ जनामा चस्मा लगाउनु पर्ने अवस्था र १७ जनामा एलर्जी पाईएको उहाँले बताउनु भयो । यस्तै आगामी १० गते वडा नं.३ को बजनी स्थीत स्वास्थ्य संस्थामा निःशुल्क आँखा परिक्षण शिविर गरिने भएको छ ।

वरिष्ठ नेत्र चिकित्सक एवं आउटिज कोअडिनेटर केसी र नेत्र प्राविधिक शिवकुमार चौधरी लगायतको टोली शिविरमा खटिंदै आएको छ ।

यसरी निःशुल्क आँखा परिक्षणका क्रममा भेटिएका मोतियाबिन्दुका विरामहरुको यही १२,१३ र १४ गते सिमरामा निःशुल्क शल्यकृया गरिने भएको छ । भने बाँक विरामीहरुले नेपाल आँखा असपतालमा छुट सुविधामा आँखा उपचार गरिने प्राविधिक चौधरीले बताउनु भयो ।

नेपालको सबैभन्दा जेठो आँखा अस्पताल रहेको नेपाल आँखा अस्पतालले देशभर शाखा खोलेर सेवा दिँदै आएको छ । अन्य अस्पतालहरुको तुलनामा प्रभावकारी एवं सुलभ सेवा दिने कारण सेवाग्राहीको पहिलो रोजाईमा यो आँखा अस्पताल पर्ने गरेकोे वरिष्ठ नेत्र चिकित्सक एवं आउटिज कोअडिनेटर केसीले दावी गर्नुभयो ।

 

Write your Comment