जीर्ण विद्यालय भवनमा १ सय ४५ बच्चा, गर्मीबाट बचाउन पंखा सहयोग-फोटो सहित

पुष्पराज खतिवडा

 १० असार २०८१, आईतवार १८:०२  मा प्रकाशित
५०९ पाठक संख्या



बारा :
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८को लामिडाँडामा रहेको बालबालिका आधारभुत विद्यालयलाई पंखा सहयोग प्राप्त भएको छ । पालिकाको वडा नं.१६ डकाह निवासी गगनबहादुर आले मगरले विद्यालयका बालबालिकाको अध्ययन अध्यापनमा सहजताका लागि रु१० हजार बराबरका ४ थान पंखा सहयोग गर्नु भएको हो ।

बढ्दो गर्मीका कारण बालबालिकाको पठनपाठनमा समस्या भएपछी आलेले आईतबार विद्यालयमा पुरगेर सहयोग गर्नु भएको हो । विद्यालयका प्रधानाध्यापक जीवन खतिवडा र ब्यवास्थापन समितिका अध्यक्ष भिमबहादुर लामालाई उक्त समान प्रदान गरिएको आाले बताउनु भयो ।

सहयोग प्राप्त पंखा बालबालिकाहरुको कक्षा कोठामा आजजै जडान गरिएको प्रधानाध्यापक खतिवडाले जानकारी दिनु भयो । यसअघि स्थानिय साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले समेत ४ थान पंखा दिएको थियो ।

यसअघि विद्यालयमा जडान भएका पंखा विग्रिएर समस्या हुँदै आएकोमा सहकारी संस्था र समाजसेवी आलेबाट प्राप्त पंखाले गर्मीमा बालबालिकालाई राहत पुग्ने छ,प्रधानाध्यापक खतिवडाले भन्नु भयो ।

यसैगरी विद्यालयको नर्सरीमा भर्ना भएका बालबालिकालाई अध्ययन गर्न सहज हुनेगरी जोनडियर कम्पनीबाट एलईडी मोनीटर प्राप्त भएको छ ।

२०५० सालमा स्थापना भएको विद्यालयको कक्षाकोठा भएको भवन जिर्ण छन् । भवनको छत ठाउँठाउँमा भत्केको छ । छाना चुहिने छन् । प्राविधिक रुपमा सो भवनमा बालबालिकालाई राखेर अध्यायन अध्यापन नगराउन सुझाव आएका छन् । कतैबाट आर्थिक सहयोग नहुँदा जीर्ण भवनमा कक्षा चलाउनु पर्ने बाध्यता रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लामाले बताउनु भयो ।

विद्यार्थी संख्या दिनदिनै बढिरहेको भएपनि भौतिक पूर्वाधार कमजोर जीर्ण रहेको उहाँले बताउनु भयो । यसैबर्ष नगरको निर्णयबाट स्थानिय सुर्य विनायक विद्यालय यसै विद्यालयमा गाभिएपछी फनिर्चर,डेस्क बे्रन्च समेत अपुग हुँदा बालबालिका भुँईमा बसेर पढ्दै आएका छन् ।

गतबर्ष ४५ जना विद्यार्थी रहेको विद्यालयमा हाल १ सय जना बालबालिका थपिएका छन् । विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाउने हाम्रो प्रयास जारी छ, अध्यक्ष लामाले भन्नु भयो ।
फोटोमा : विद्यालय । भत्केको भवन र बालबालिका पढ्दै ।

Write your Comment