जीतपुरसिमरा २ को आयोजनामा आँखा शिविर, १८ जनामा भेटियो मोतियाबिन्दु

रातोघर

 ५ श्रावण २०८१, शनिबार १६:२९  मा प्रकाशित
२८० पाठक संख्या



सिमरा ।
जीतपुरसिमरा उपमहानगर , वडा नम्बर २ ले आँखा शिविरको आयोजना गरेको छ ।

सिमरा स्थित हुलास स्टिल प्रा.ली. को आर्थिक सहयोगमा दृष्टि  आँखा तथा नाक, कान घाँटी अस्पताल बिरगंजका चिकित्सक टोलीले चेकजाँच गरेका हुन् ।

दृष्टि विशेषज्ञ लाल महोम्मद, नेत्र सहायक सेलिना सुवेदी, अप्टिसियन आलोक शाह लगाएतको टोलीले वडाका २ सय आँखा बिरामीको परिक्षण गरेको छ ।

वडाको आफ्नै सभाहलमा आयोजना गरिएको शिविरमा २ सय बढी आँखाका बिरामीले उपचार गराएका मध्ये १८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ भने १ सयभन्दा बढीलाई चस्मा र औसधि समेत बितरण गरिएको छ ।

मोतियाबिन्दुका बिरामीलाई बिरगंज लगी निशुल्क शल्यक्रिया गर्न वडाले नेतृत्व गर्ने वडा सदस्य विशाल घिमिरेले जानकारी दिए ।

 

Write your Comment