बारा :सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्ना कर्मचारी तथा उपभोक्ताका सन्ततीका लागि स्नातक र स्नाकोत्तर अध्यायनमा छात्रवृती दिने भएको छ ।
गत शनिबार बसेको कार्यसमितिको बैठकले सिमरा कलेजसँगको छात्रवृती सम्झौता अनुसार हुनेगरी १५ दिनभित्र छात्रवृतीका लागि दिवेदन माग गरेको छ ।
कती विद्यार्थीहरुलाई छात्रवृति दिने भनी उल्लेख नगरी खानेपानी उपभोक्ता समितिले सोमबार प्रकाशित गरेको सुचनामा स्नातक र स्नाकोत्तर अध्यायनमा छात्रवृतीका लागि निवेदन माग गरेको हो ।
समितिका अध्यक्ष कासिम हुसेनले हस्ताक्षर गर्नुभएको सुचनामा स्नातक छात्रवृतीमा अध्यायनका लागि एसएलसी वा एसइइको मार्कसिट, प्लस टु उतिर्ण गरेको प्रमाण पत्र, मार्कसिट र चारित्रिक प्रमाण पत्र आवश्यक हुने उल्लेख छ ।
यस्तै स्नाकोत्तरका लागि स्नातक उर्तीण भएको मार्कसिट तथा चारित्रिक प्रमाण पत्र निदेदनसाथ संलग्न हुनु पर्ने सुचनामा उल्लेख गरिएको छ । यसैगरी सिमरा कलेजमा यसअघि देखी अध्यायनर विद्यार्थीले भने आफुले पढिरहेको विषयमा कलेजको सिफरिस अनिवार्य संलग्न गर्नुपर्ने भनिएको छ ।
Write your Comment