जीतपुरसिमराको नीति तथा कार्यक्रम : सिमरा कलेजलाई २ करोड २० लाख

रातोघर

 ९ श्रावण २०८१, बुधबार १८:५६  मा प्रकाशित
३२६ पाठक संख्या



सिमरा ।
जीतपुरसिमरा उपमहानगरले आर्थिक वर्ष २०८१/८२ मा शिक्षालाई उच्च प्राथमिकतामा राखेको छ ।

सिमरा स्थित सिमरा कलेजलाई गत वर्षदेखि `शिक्षामा पुस्तान्तरण´ कार्यक्रम संचालन गर्न बजेट उपलब्ध गराएको उपमहानगरले यो वर्षपनि निरन्तरता दिएको छ ।

नगरका सामुदायिक विद्यालयहरुमा अपुग शिक्षक दरबन्दीलाई व्यवस्थापन हुनेगरि सिमरा कलेजले अघिल्लो वर्षदेखि स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीहरुले विद्यालयमा स्वयंसेवक शिक्षकका रुपमा न्युनतम पारिश्रमिकमा सेवा गरिरहेका छन् ।

शिक्षामा पुस्तान्तरण कार्यक्रमको नाम दिईएको यो शैक्षिक सुधार कार्यक्रममा उपमहानगरले यो वर्ष २ करोड बिनियोजन गरेको छ ।

कार्यक्रमलाई यो वर्ष थप व्यवस्थित र प्रभावकारी बनाईने साथै नगरको सामुदायिक विद्यालयको शैक्षिक स्तरलाई थप गुणस्तर ल्याउन स्वयंसेवक शिक्षकको सशक्त भुमिका रहने कलेज प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।

यसैबिच स्वयंसेवक शिक्षकको स्तर माथी उकास्न यो वर्ष शैक्षिक ल्याबको समेत व्यवस्था गरिएको छ ।

उपमहानगरले २० लाखको लगानीमा शैक्षिक ल्याब निर्माणका लागि समेत बजेट बिनियोजन गरेको छ ।

Write your Comment