सिमरा रंगशालालाई बजेट छुट्याउन युवा नेता गुप्ताद्वारा संघीय खेलकुद मन्त्रीसंग माग

रातोघर

 १९ श्रावण २०८१, शनिबार १८:२३  मा प्रकाशित
१९३ पाठक संख्या



सिमरा ।
नेपाली काग्रेसका बारा जिल्ला युवा नेता श्यामबाबु गुप्ताले संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग सिमरा रङ्गशालाको लागि बजेट छुट्याई दिन माग गरेका छन् ।

राष्ट्रिय स्तरको प्रतियोगिता हुने बाराको सिमरा स्थित सिमरा रङ्गशाला बजेटको अभावमा सोचे अनुसारको नतिजा दिन नसकिरहेको मन्त्रालयमा भेटेर युवा नेता गुप्ताले मन्त्रीलाई जानकारी गराएका हुन् ।

उनले रङ्गशालाकोलागि आवश्यक पुर्बधारको निर्माणमा ध्यान केन्द्रित गर्न अनुरोध गरे । युवा नेता गुप्ताले सिमरा रङ्गशालाको निरिक्षण गर्नकोलागि युवा तथा खेलकुद मन्त्रीलाई अनुरोध समेत गरेका थिए ।

यता युवा तथा खेलकुद मन्त्री चौधरीले बजेटको अभावमा यसपालि सिमरा रङ्गशालाकोलागि बजेट छुट्याउँन नसकिएपनि अगामि समयमा अनिवार्य बजेट छुट्याउने आश्वासन दिए ।

Write your Comment