बारा :मधेश प्रदेशको बर्दिबासमा सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक प्रदेश स्तरिय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहूँदै मुख्यमन्त्री सिंहले समुदायको विकासमा कृयाशिल सहकारी अभियान सफा हुनुपर्ने बताउनु भयो ।
उहाँले गरिब विपन्न समेतले विश्वास गरी सहकारीमा राखेको धनको रक्षा र सही उपयोग गर्ने दायित्व सहकारी संचालकहरुको भएको भन्दै शुरक्षीत कारोबार गर्न उहाँले आग्रह गर्नु भयो ।
राम्रो काम गर्नेलाई पुरस्कार र गल्ती गर्नेलाई सँजाय हुनेगरी कार्यक्रमा सहभागी प्रदेश सहकारी रजिस्टारलाई प्रदेश सरकार सहकारी क्षेत्रको विकासमा जिम्ेवार ढंगले लागेको महशुस हुनेगरी नियमन गर्न आग्रह गर्नुु भयो ।
उत्पादन र रोजगारी सृजनाका क्षेत्रमा काम गर्ने सहकारीलाई विशेष योजना सहित प्रदेश सरकारसँग समन्वय गर्न आउनु भन्दै मुख्यमन्त्री सिंहले आवश्यक सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनु भयो ।
कार्यक्रममा मधेश प्रदेशका उत्कृष्ठ २ वटा सहकारी संस्थालाई सहकारी बैंकले सम्मान सहित पुरस्कृत गरेको छ । सम्मान सहित पुरस्कृत हुनेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका १८को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा र सर्लाही जिल्लाको हरिवनमा रहेको सगुन साकोस रहेका छन् ।
साना किसान मनहर्वाले बचत तथा ऋण बाहेकको र सगुनले बचत तथा ऋण कारोबार विधमा उत्कृष्ठ पुरस्कार पाए हुन् , सहकारी बैंकका कलैया शाखा प्रमुख श्याम न्यौपानले बताउनु भयो ।
यस्तै मधेश प्रदेशमा रहेका सहकारी बैंकका ९ वटा शाखा स्तरमा उत्कृष्ठ र नियमित गरी दुई विधामा ९।९ गरी १८ वटा संस्थालाई समेत बैंकले कार्यक्रममा प्रशंसा पत्रले सम्मान गरेको छ ।
सम्मान तथा पुरस्कृत हुने सहकारी संस्थाका अध्यक्ष सहितका प्रतिनीधिहरुलाई मुख्यमन्त्री सिंहले दोसल्ला सहित प्रमाणपत्रले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा मधेश प्रदेशमा सहकारीको अवस्था र भावी कार्यदिशा मधेश प्रदेश सहकारी रजिष्टार राममणी अधिकारीले र सहकारी बैंकका प्रदेश प्रमुख विष्णु प्रसाद पराजुलीले बैंकको परिचय सहितको कार्यत्रप प्रस्तुत गर्नुभएको थियो ।
यस्तै प्रादेशिक रुपमा उत्कृष्ट बाराको मनहर्वा र सर्लाहीको सगुन सहकारीका तर्फबाट समेत संस्थागत परिचय र कार्यक्रमबारे प्रस्तुती गरिएको थियो ।
कार्यक्रममा राष्टिय सहकारी महासंघका संचालक शारदा दाहाल,नथुनी यादव सहकारी अगुवाहरु विमला साह,रामनगिना राउत, पंचलाल महत्तो लगायतको सहभागीता थियो ।
बैंकका केन्द्रिय समिति सदस्य भरत साहको स्वागत, प्रदेश प्रमुख पराजुलीको संचालन र सहकारी बैंकका संचालक एवं प्रदेश संयोजक विश्वनाथ मण्डलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
शाखा स्तरमा संमानित हुने संस्थाको नाम तथा ठेगाना :…..
शाखा बिरगजं पर्सा
१. श्री नीधि साकोस उत्कृष्ठ बिरगंज ७
२. नारायणी साकोस नियमित बिरगजं ८
शाखा कलैया,बारा
१.श्रमजीवि बहुउदेश्य उत्कृष्ठ कलैया १८
२. दिपशिखा महिला साकोस कलैया ९
शाखा सिमरा, बारा
१. हातेमालो साकोस सिमरा उत्कृष्ठ जितपुरसिमरा २
२. जनकल्याण मध्यवर्ती साकोस नियमित जितपुरसिमरा २
शाखा चन्द्रनिगाहापुर, रौतहट
१. चन्द्रोदय साकोस उत्कृष्ठ चन्द्रपुर ४
२.सफल साकोस नियमित चन्द्रपुर ४
शाखा हरिवन, सर्लाही
१.चमेली साकोस उत्कृष्ठ ईश्वरपुर ६
२. जय श्री राम साकोस नियमित लालबन्दि १
शाखा बर्दिबास, महोत्तरी
१.विषहारामाई साकोस उत्कृष्ठ औरही ७
२.सुलभ साकोस नियमित मिथिला १० धनुषा
शाखा जनकपुर, धनुषा
१. राष्टिय साकोस उत्कृष्ठ जनकपुरधाम ८
२.सारा साकोस नियमित जनकपुरधाम ९
शाखा लाहान, सिरहा
१.राजश्री साकोस उत्कृष्ठ सेवाकेन्द्र मिर्चैया
२. बुद्ध महिला साकोस नियमित धनगढीमाई १०
शाखा राजविराज, सप्तरी
१. जनमुखि बहुउदेश्य उत्कृष्ठ राजविराज ४
२.सहयोगी साकोस कञ्चनरुप ८
Write your Comment