जीतपुरसिमरामा एएफसी ‘सी’ लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष सम्पन्न

रातोघर

 ३० श्रावण २०८१, बुधबार १२:५२  मा प्रकाशित
१९४ पाठक संख्या



सिमरा ।

जेठ अन्तिम साता सुरु भएको ‘एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष’ मंगलबार सम्पन्न भएको छ । फूटवल क्षेत्रमा दक्ष प्रशिक्षक उत्पादन गर्ने उदेश्यसहित जेठ २८ गते सुरु भएको प्रशिक्षण मंगलबार सम्पन्न भएको हो ।

सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा औपचारिक कार्यक्रमको आयोजना गर्दै प्रशिक्षणमा सहभागी २४ जनालाई एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्षको प्रमाणपत्र वितरण गरिएको छ । बारा जिल्ला फूटबल संघद्धारा आयोजित प्रशिक्षणमा मधेस प्रदेशका २३ र बागमती प्रदेशका एक जना सहभागी थिए ।

प्रशिक्षणका सहभागीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, सूर्य नेपाल प्रालिका कारखाना व्यवस्थापक सुरेशकाजी श्रेष्ठ, मधेस प्रदेश फूटबल संघका अध्यक्ष नेपाल कार्कीले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रशिक्षण समापन कार्यक्रममा नगर प्रमुख पौडेलले फूटबलको विकासमा एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष कोशेढुंगा सावित हुनेमा आफू आशावादी रहेको बताएका छन् । पौडेलले प्रशिक्षणमा सिकेका कुरा व्यवहारमा लागू गर्दै फूटबलको विकासमा लाग्न समेत सहभागीलाई आग्रह गरेका छन् ।

Write your Comment