बारा :प्रहरीले अबैध ४० लिटर घरेलुु मदिरा नष्ट गरेको छ । सवारी चेकजाँचका क्रममा प्रहरी चौकी जैतापुरबाट खटिएको टोलीले बरामद गरी राखेको मदिरा सुक्रबार विहान प्रहरी चौकी परिषरमा पोखेर नष्ट गरिएको हो ।
जनप्रतिनीधि पत्रकार, शिक्षक र स्थानिय भद्रभलाद्मीहरुको रोहबरमा १७ वटा साना ठुला बोतलमा रहेको मदिरा नष्ट गरिएको थियो ।
विभिन्न मितिमा साईकल, मोटरसाईकल र स्कुटीमा लुकाई छिपाई बिक्रीका लागि लैजाने क्रममा उक्त परिमाणको घरेलु मदिरा नियन्त्रणमा लिइएको चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक डम्बर नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का अध्यक्ष चतुरबाबु वाग्ले, नेपाल राष्टिय माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमलाल थिङ्ग, पत्रकार पुष्पराज खतिवडा लगायतको सहभागितामा मदिरा नष्ट गरिएको हो ।
पछिल्लो समय जिल्लाको उत्तरी क्षेत्रका गाउँघरमा अबैध मदिराको उत्पादन तथा ओसार पसार बढेको पाईएको छ । घरैपिच्छे मदिरा उत्पादन गर्न लगाई केही समुहले संकलन गरी जिल्लाको सदरमुकाम कलैया सहित नेपाल भारत सिमाको बजार सम्म निर्वाद पुर्याउँने गरेका छन् ।
प्रहरीलाई नजरा बुझाएपछी मदिराको ओसार पसार निर्वाद रुपमा हुँदै आएको छ । मदिरा उत्पादकहरुसँग संकलकले प्रहरी खर्च भन्दै मासिक ५ सय देखी एकहजार सम्म उठाउँदै आएका छन् ।
यसरी प्रहरीसँगको मिलेभगतमा संकलकहरुले दैनिक हजारौं लिटर अबैध तथा विषाक्त घरेलु मदिरा विक्रि वितरण गर्दै आएको संलग्नहरुलेनै बताउने गरेका छन् ।
दिनदिनै विक्रि गर्न छिटो मदिरा उत्पादनका लागि मदिरा उत्पादकहरुले विभिन्न सडेगलेका अखाध्य वस्तु, यूरिया, विषाक्त केमिकल समेतको प्रयोग गर्ने गरेको बताउने गरेका छन् ।
Write your Comment