मौवादेवी यूवा क्लब बडहर्वाले २७ औं बार्षिक उत्सव मनायो (फोटो सहित)

रातोघर

 ४ भाद्र २०८१, मंगलवार १४:३४  मा प्रकाशित
१९१ पाठक संख्या



बारा: जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको मौवा देवी यूवा क्लब बडहर्वाले २७ औं स्थापना दिवस मनाईरहेको छ । मंगलबार दिवसको अवसरमा क्लबले बडहर्वा चोकमा रहेको आफ्नै भवनमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको छ ।

रक्तदान तथा शिविरको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले क्लबको नाममा तयार पारिएको १२ पाउण्डको केक काटेर गर्नु भएको थियो ।

प्रमुख अतिथी समेत रहनु भएका नगर उपप्रमुख अधिकारीले यूवाहरुले क्लबका माध्यमबाट समाज सेवालाई प्राथमिकता दिँदै विकृती विसंगतीका विरुद्ध र यूवा सचेतनाका लागि काम गर्नुपर्ने बताउनु भयो ।

यस्तै उपमहानगरपालिकामा जारी विवादका बारेमा बोल्दै अधिकारीले पालिका यतीबेला विरामी रहेको बताउनु भयो । तपाईहरुले म मार्फत मेरो पालिकासँग धेरैठुलो अपेक्षा राख्नु भएको होला । तर यती बेला तपाईहरु सबैलाई थाहानैछ, मेरो पालिका विरामी छ । सन्च भएपछि त हुने सहयोग गरि हाल्छौं ।

पालिकालाई मेरो बपौती भन्ने सम्झेका एकाद मान्छे र हन्डी खाने केही पत्रकारहरु बदनाम गराउन लागेका छन् । उनीहरु भ्रममा छन् एकदिन सत्यको जित हुनेनै छ, अधिकारीले भन्नु भयो ।

स्थापना दिवसका अवसरमा क्लबलाई सहयोग गर्ने आधा दर्जनबढी ब्यक्ति तथा संस्थालाई कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नं.१८ का अध्यक्ष चतुरबाबु वाग्ले, पूर्व वडा अध्यक्ष अर्जुन प्रसाद दाहाल, वडा सदस्य लक्ष्मीमाया वाईवा, सर्वशुलभ साकोसका अध्यक्ष विमलराज भारती, पत्रकार एवं सहकारीकर्मी पुष्पराज खतिवडा, बडहर्वा खानेपानीका अध्यक्ष कृष्ण प्रसाद वाग्ले, मौवादेवी टोल सुधार समितिका अध्यक्ष पूर्णहरी केसी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रम क्लबका सचिव जगदिप कोइरालाको संचालन, पूर्व अध्यक्ष बसन्त खतिवडाको स्वागत र अध्यक्ष निर्मल कुमार यादवको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो ।

रक्त संचार विरगजं र एभरग्रिन तराईसिमरा अस्पतालको प्राविधिक सहयोगमा रक्तदान तथा स्वास्थ्य परिक्षण शिविर भैरहेको छ ।

Write your Comment