सिमरा : स्वर्गिय पत्नीको १३ औं पून्यतीथिको दिनमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ डकाह निवासी गगन बहादुर आले मगरले बिद्यालयलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।
मगरले करिब २४ हजार मुल्य बराबरको कापी,कलम र पेन्सील गरी १५ सय थान शैक्षिक सामाग्री स्थानिय तीनवटा विद्यालयलाई विहिबार स्कुल स्कुलमा पुगेर प्रदान गर्नु भएको हो ।
शैक्षिक सामाग्री पाउने विद्यालयहरुमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय, बालबालिका आधारभुत विद्यालय लामिडाँडा र वडा नं.१६ को डकाहमा रहेको मौवादेवी माद्यमिक विद्यालय रहेका छन् ।
मगरकी पत्नी टंकमायाको यही भाद्र २ गतेका दिन निधन भएको थियो । घाँटी सम्बन्धी समस्या झेल्दै आउनु भएकी उहाँको ७२ बर्षको उमेरमा आफ्नै निवास डकाहमा निधन भएको थियो । मृतक टंकमाया समाजसेवी आलेकी जेठी श्रीमती हुन् ।
आलेले यसअघी समेत दर्जनौं पटक विभिन्न संस्थाहरु मार्फत उल्लेखित विद्यालयका बालबालिका लागि पोषाक, जुत्ता र शैक्षिक सामाग्री प्रदान गरी सहयोग गर्दै आउनु भएको बडहर्वा स्थीत आधारभुत विद्यालयका प्रधानअध्यापक राजेश्वर यादवले जानकारी दिनु भयो ।
आलेले प्रदान गर्नु भएका शैक्षिक सामाग्री विद्यालयले अध्यायनरत बालबालिकालाई आवश्यकता अनुसार दिँदै जानेछ । आर्थीक रुपमा कमजोर परिवारका बच्चाहरुका लागि यस्तो सहयोग बरदान सावित बन्दै आएको बालबालिका आधारभुत विद्यालयका प्रधानअध्यापक जीवन खतिवडाले बताउनु भयो ।
Write your Comment