करिब तिन कीलो चरेससहित भारतीय नागरिक पक्राउ

रातोघर

 २०८१ आश्विन २, बुधबार  मा प्रकाशित
८९९ पाठक संख्या


वीरगन्ज– दुई किलो ९६० ग्राम चरेस सहित एक भारतीय नागरिक वीरगंजबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत अगरा उत्तर प्रदेश कुडोल फतेहावाद बस्ने ४२ वर्षिय गोपाल गिरी रहेका छन्।वीरगञ्ज महानगरपालिका–२ डम्पिङ साइडतर्फ लागुऔषध खरिद विक्री कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गिरिलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् डीएसपी दिपक गिरिले बताए।

उनले बोकेको प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखिएको लागुऔषध चरेश २ केजी ९६० ग्राम बरामद गरिएको गिरिले जानकारी दिए।पक्राउ परेका गिरीविरूद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban