बारा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै बारा जिल्लाकी युवा नेतृ मेघा शाहीले केन्द्रीय सदस्य (महिला, मधेस प्रदेश) पदमा उम्मेदवारी घोषणा गरेकी छन्। कांग्रेसको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी शाहीले पार्टीको मूलधारको राजनीतिमा महिला तथा युवा पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित उम्मेदवारी अघि सारेकी हुन्।
Write your Comment