जीतपुरसिमरा २३ मा मदरसालाई ‘आइसोलेसन’, दुई स्थानिय डाक्टर स्वयमसेवक

रातोघर

 २०७७ भाद्र ३, बुधबार  मा प्रकाशित
१२८६ पाठक संख्या


सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा ३० बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण कार्य शुरु गरिएको छ ।

जील्लामा पछिलो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसंगै यस वडाले ३० बेडको आइसोलेशन निर्माण गर्न लागेको हो ।

वडामा रहेको एक मदरसामा सो आइसोलेसन निर्माण गर्न त्याहाँका मुस्लिम समुदायहरु तयार भएपछी वडाले धमाधम काम अगाडी बढाएको छ ।

वडा नम्बर २३ मा कोरोना भाइरसको जोखिन बढेपछी संक्रमितको उचित उपचार ब्यवस्थापनमा समस्या आउन नदिन यस वडाले आफ्नै क्षेत्र भित्र ३० बेडको आइसोलेसन सेन्टर निर्माण गर्न लागेको वडा २३ का अध्यक्ष असलम देवानले जानकारी दिए । उनकै सकृयतामा आइसोलेसन केन्द्र निर्माण हुन लागेको हो ।

वडा नम्बर २३ मा रहेको ९ जना संक्रमितहरु मध्ये दुई जना कलैया आइसोलशनमा, दुई जना म्याग्नेश फर्मामा र बाँकी ५ जना अहिले होम आइसोलेसनमा छन् ।

होम आइसोलसनमा बसेकालाई प्राथमिकताका आभारमा दुई दिन भित्रै वडाको आइसोलेशनमा स्थानान्तरण गर्ने गरी काम अगाडी बढाइएको छ । वडामा दुई जना स्थानिय डाक्टरहरुकै सहयोगमा यस आइसोलेसन निर्माण हुन लागेको हो ।

डा. इल्ताब अन्सारी र डा.एमामुल मन्सुरि दुबै स्वयंसेवकको रुपमा सहयोग गर्न तयार भएपछी वडाले उत्साहजनक रुपमा आइसोलेसन निर्माण गर्न लागेको देवानले बताए ।

आइसोलेसन निर्माणका लागी वडाको बिपत ब्यवस्थापनको शिर्षकमा छुट्याइएको केही रकम र नगरपालीकाको समेत आर्थिक ब्यवस्थापनमा काम अगाढी बढेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban