ठोरीमा कोरोनाको जोखिम : एक नम्बर वडा शील , मास्क नलगाउनेलाई जरिवाना

चिरञ्जीवी सापकोटा

 २०७७ भाद्र ६, शनिबार  मा प्रकाशित
७११ पाठक संख्या


ठोरी । पर्सा जिल्लामा निषेधाज्ञा भएता पनि स्थानीयहरुले पालना नगरेको , मनोमानी हिड्डुल गरिरहेको र कोरोना भाइरस फैलिने सम्भावना रहेकाले ठोरी गाउँपालिका वडा नं १ मा भोलि मिति २०७७ भदौ ७ गते देखि भदौ १३ गते सम्मका लागि शील गर्ने निर्णय गरिएको छ ।

आज वडा नं १ का अध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा वडा कर्यालयमा भएको सर्वपक्षीय बैठकद्वारा वडा नं १ लाई एक हप्ताको लागि पुर्णरुपमा शील गर्ने निर्णय गरिएको हो ।

आजको बैठकले वडा नं १ मा रहेको खाद्यान्न सामग्रीका पसलहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागी मात्र खुलाउने निर्णय गरिएको छ भने औषधि पसल तथा क्लिनिकहरुलाई भने पुरै समय संचालन गर्ने निर्णय गरिएको कुँवरले जानकारी दिए ।

अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन वडावासीलाई आग्रह गर्दै कुंवरले ३ जना भन्दा बढी व्यक्ति जम्मा भएर नबस्न समेत अपील गरेका छन् ।

एम्बुलेन्स तथा औषधि पसलमा सेनेटाइजर हुनुपर्ने , भौतिक दूरी कायम हुनुपर्ने ,कुनैपनि समान लिनुपरेमा वा दिनु परेमा सेनिटाइजरको प्रयोग गर्न गराउने समेत निर्णय गरिएको वडा सदस्य रबिन तिमल्सिनाले जानकारी दिएका छ्न् ।

वडा कार्यालय हाललाई बन्द गर्ने निर्णय गरिएको र वडावासीलाई वडाकार्यालयबाट गरिने सेवा घरबाट दिने निर्णय गरिएको पनि सदस्य तिमल्सिनाले जानकारी गराएका छ्न् ।

वडा कार्यालयले जारी गरेको सूचनालाई सबैले पालना गर्नुपर्ने ,यदि वडा कार्यालयमा भएको निर्णय उलंघन भएको पाइएमा कारबाही गरिने निर्णय गरिको र माक्स प्रयोग नगर्ने व्यक्तिलाई रु १०० जरिवाना गरिने निर्णय भएको पनि वडाध्यक्ष कुँवरले जानकारी दिए ।

आजको बैठकमा जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वडा नं १ मा आजै मात्र होम क्वारेन्टाइन बस्ने २ जना र अन्य १ जनालाई गरि ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban