अवैध लागुऔषध तीन हजार एम्पुल सहित सहचालक पक्राउ

रातोघर

 २०७७ कार्तिक १९, बुधबार  मा प्रकाशित
७०० पाठक संख्या


बारा प्रहरीले अवैध लागुऔषध तीन हजार एम्पुल सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला बारा देवताल गाउँपालिका वडा न.०५ घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१८ नेश्नल मेडिकल कलेज छेउमा डेरा गरी बस्ने बर्ष २१ को अमित कुमार नुनियालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको मोवाइल गस्ती टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिमरा चोकमा पैदल यात्रु तथा सबारी साधनहरु चेक जाँच गर्ने क्रममा आईतवार राती उक्त लागुऔषध सहित नुनियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले चेकजाँच गर्ने क्रममा वीरगंजदेखि बनेपाको लागि छुटेको ना.६.ख.९०९९ नम्बरको यात्रुबाहक बसभित्र यात्रु सिटको माथि सामान राख्ने (याकमा पिठ्युमा भिड्ने झोला भित्र नुर्फिन एक हजार पिस, फेनारगन एक हजार पिस र डाइजेपाम एक हजार पिस गरी जम्मा तीन हजार एम्पुल अवैध लागू औषध लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको थियो ।

अवैध लागू औषध कारोबारमा संलग्न सो बसका सहचालक नुनियालाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जनाएका छन ।

 

Sajhedaridaily

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban