१९१३ जना कोरोना संक्रमित थपिए, २३४९ जना संक्रमणमुक्त

रातोघर

 २०७७ कार्तिक २७, बिहिबार  मा प्रकाशित
५८३ पाठक संख्या


काठमाडौँ । देशभरमा आज १ हजार ९१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै २ हजार ३४९ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणमुक्त भएका २ हजार ३४९ गरी आजसम्म एक लाख ६४ हजार ५९२ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ४६१ पुगेको मन्त्रालयले जनाएको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या २ लाख ४ हजार २४२ पुगेको छ । क्वारेइन्टीनमा रहेकाको सङ्ख्या आज ९७४ रहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban