बारामा युटुबरले बनाईदिए `कान्छा दाई´लाई पक्की घर , काङ्ग्रेस सभापती गुप्ताद्वारा हस्तान्तरण(फोटो सहित)

रातोघर

 २०७७ मंसिर ९, मंगलबार  मा प्रकाशित
९८३ पाठक संख्या


सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा एक बाराका युटुबरले अभियान संचालन गरी निर्माण भएको कान्छा दाईको नया घर एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । वडा नम्बर ११ को अमाडारमा निर्माण भएको नया घर कान्छा दाईलाई हस्तान्तरण गरिएको हो ।

सोमबार आयोजित एक कार्यक्रमकाबिच नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले ब्यानर खोलेर कान्छा दाईको घर हस्तान्तरण गरेका हुन् । ए वान टिभिका संचालक प्रदिप गौतमको समन्वय र अभियानमा निर्माण भएको कान्छा दाईको घर हस्तान्तरण गर्दै नगर सभापति गुप्ताले सरकारले निमुखा जनताको रक्षा गर्न नसकेको दुखेसो पोखे ।
सरकारले गर्नुपर्ने काम पत्रकारले गरेकोभन्दै नगर सभापति गुप्ताले सरकार आफ्ना नागरीकप्रति गंभिर नभएको आरोप आरोप लगाए ।
स्थानीय तहको भुमिका फितालो भएकोभन्दै नगर सभापति गुप्ताले नगर प्रमुख डा. कृष्ण पौडेलको नेतृत्व असफल भएको आरोप समेत लगाए ।

`जीतपुरसिमरामा यस्तै अवस्था रहे जनताले अब मेयरलाई लखाट्ने छन्, अब मेयरको केहि कुरा पत्याउन सकिने अवस्था छैन्´ उहाले भने ।
चुनावको बेलामा जनाएका प्रतिवद्धता नगर प्रमुखले पुरा नगरेकोभन्दै नगर सभापति गुप्ताले मेयर आफै कमाउ धन्दामा लागेको आरोप समेत लगाए । उनले घर निर्माणमा करिब ३ लाख बराबरको नगद तथा जिन्सी सामाग्री समेत सहयोग गरेका छन् ।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बिनोद प्रसाद यादवले गरिवको घर बनाउन पत्रकारले देखाएको अग्रसरता प्रशंसायोग्य रहेको बताए ।

सो अवसरमा कान्छा दाईको घर निर्माण गर्न अग्रसरता देखाएका पत्रकार प्रदिप गौतमले सबैको साथ र सहयोगले मात्र घर निर्माण सम्भव भएको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।
‘मेरो एक्लो प्रयासले मात्र घर निर्माण भएको हैन्, सबैको साथ र सहयोगले यो कार्य सम्भव भयो’ गौतमले भने ।

सो अवसरमा कान्छा दाईको घर निर्माणमा भएको आम्दानी खर्च विवरण आर्थिक संयोजक दिपक चौलागाईले प्रस्तुत गरेका थिए ।

ए वान टिभिको समन्वयमा निर्माण भएको कान्छा दाईको नया घर बनाउन देश तथा बिदेशबाट बिभिन्न व्यक्तित्वहरुले सहयोग गरेका छन् । घरको पुरानो घर भत्काएर २ कोठे नया घरको निर्माण गरिएको थियो । २ कोठे नया घर निर्माण गर्न आएको सहयोगप्रति आभार प्रकट गर्दै कान्छा दाईले आफ्नो मुहारमा खुशी फर्काउन सम्पुर्णले देखाएको चासो प्रति धन्यवाद् व्यक्त गर्नुभयो ।

कान्छा दाईले अझै पनि आफु बिभिन्न समस्याबाट पिडित रहेकोभन्दै सहयोग गर्न समेत आग्रह गर्नुभयो । बुढेशकालको समयमा छोरा बुहारीले समेत छाडेर गईसकेपछि कान्छा दाई बर्षौदेखि खरको घरमा एक्लै बस्दै आएका थिए ।

लामो समयदेखि एक्लै बस्दै आएका कान्छा दाईको नया घर बनाउन ए वान टिभिले अग्रसरता देखाएको हो । सोमबार आयोजित कार्यक्रममा बिभिन्न वक्ताहरुले कान्छा दाईको नया घर निर्माणको शुभकामना समेत प्रदान गर्नुभएको थियो ।

यसैबिच, सो अवसरमा हेटौडा बजार लायन्स क्लबले कान्छा दाई खाद्यान्न खरिदको निम्ति हजार १ सय रुपैया हस्तान्तरण गरेको थियो । कान्छा दाईको घरमा आयोजित कार्यक्रममा लायन्स क्लबले सो रकम हस्तान्तरण गरेको हो । वडा अध्यक्ष यादवले पनि १ हजार रुपैया सहयोग गर्नुभएको थियो ।                                                         

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban