जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै निधन

रातोघर

 २०७७ मंसिर १३, शनिबार  मा प्रकाशित
१०३५ पाठक संख्या


रुकुम। रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना भएको छ। दुर्घटनामा परि ४ जना जन्तिको घटनास्थलमै निधन भएको छ। एक जना घाइते भएको प्रहरीले जनाएको छ। आठबीसकोट–२०, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको जिप दु’र्घटना हुँदा घट’नास्थलमै ४ जनाको नि’धन भएको हो। जिल्लाको आठबीसकोट नगरपालिका–७ को पोखरामा रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दु’र्घटना भएको थियो।

प्रहरीका अनुसार दु’र्घट’नामा आठबीसकोट–८ का ५१ वर्षीय गोरे नेपाली,६६ वर्षीय सार्के नेपाली,४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको नि’धन भएको हो। दु’र्घट’नामा ६० वर्षीय लालबहादुर नेपाली ग’म्भीर घा’इते भएका छन्। जिप जन्ती लिएर जाँदै गरेको बताईएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban