धान काट्दा विवाद भएपछि छोराले गरे लाठिले हानेर बाबुको हत्या

रातोघर

 २०७७ मंसिर १९, शुक्रबार  मा प्रकाशित
९७७ पाठक संख्या


आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् ।

गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या अभियोगमा ४० वर्षीय छोरा भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका ८ धापेस्थित खेतमा धान झाट्ने क्रममा बाबु छोराविच झगडा हुँदा भुवनले बुबा तुलारामलाई लाठीले हानेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले भुवनलाई पक्राउ गरेपछि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban