मनहरीमा जंगली हात्तिले घर भत्काएपछी स्थानिय त्रसित (फोटो सहित)

रातोघर

 २०७७ मंसिर ३०, मंगलबार  मा प्रकाशित
८५२ पाठक संख्या


संगिता उप्रेति,मनहरी। जंगली हात्तीको आक्रमणबाट मनहरी-५ बसन्तपुरमा ५ घर भत्काएपछी त्यसक्षेत्रमा त्रास उत्पन्न भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले स्थानीयको घर भत्काउन थालेपछि स्थानीय त्रसित हुन थालेका हुन्।
सोमबार राती मनहरी गाउँपालिका-५ को रुद्र बहादुर थोकर, सुदप वाइवा, शंकर मिजार, बिनोद मिजार र आइत सिं स्याङ्तानको घर भत्काएको स्थानिय उमेश अधिकारीले जानकारी दिए ।                                                                                                                 रातको समयमा गाउँ पसेका हात्तीले पालैपालो गाउँलेका घर भत्काउनुका साथै घरमा रहेका अन्नसमेत नष्ट गरेको छ । हात्तीले घर भत्काएपछि पीडित परिवार छिमेकीको घरमा शरण लिन बाध्य भएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban