निजगढ नगरपालिकामा उपप्रमुखले गरिन् तालाबन्दी , कर्मचारी नियुक्तिमा तनाब

रातोघर

 २०७७ पौष २, बिहिबार  मा प्रकाशित
१०७५ पाठक संख्या


निजगढ । निजगढ नगरपालिकामा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको बिरोधमा आधा घण्टा नगरप्रमुखको कक्षमा तालाबन्दी भएको छ ।

उपमेयर लिलादेवी लामिछाने खनाल र नेकपा निकट निर्वाचित जनप्रतिनिधिहरुलेनै नगरपालिकाका तर्फबाट सुचना निकालेको बिरोधमा तालाबन्दी गरेका हुन ।

कर्मचारी भर्ना गर्ने बारेमा अघिल्लो नगरपरिषदले निर्णय गरी सकेको भएपनि प्रमुख सुरेश कुमार खनालले कार्यपालिका बैठकबाट निर्णय नगराई सुचना निकालेको भन्दै तालाबन्दी गरेका हुन । १०ः४५ देखि ११ः१५ सम्म तालाबन्दी भएको हो । प्रदेशकै उच्च मुल्याङकन हुदै आएको निजगढ नगरपालिकामा पार्टीगत र राजनैतिक रङ्ग दिन थालेपछि नगरको विकासमा असर पर्ने स्थानीयले बताएका छन् । सुचनानै निकालेको बिषयमा तालाबन्दी हुनु भन्दा प्रमुख उपप्रमुख छलफल गरेर टुङ्गाउनु पर्ने भएपनि राजनैतिक रङ दिने कामले नगरमा गतल दिशामा अगाडि बढेको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।

निजगढ नगरपलिकाले करारमा कर्मचारी भर्नाको लागि भन्दै आहवान गरेको सुचना एक दिनपछिनै विवाद भएपछि स्थगित गरेको थियो । प्रमुख स्तरीय निर्णय भन्दै नगरपालिकाले गत मंसिर २९ गते दरखास्त आह्वान गरेको भएपनि भोलिपल्टनै २ अधिकृतको विज्ञापन रद्द गरेको हो । नगरपालिकाले करारमा २ अधिकृत स्तरकासहित ६ जना कर्माचारी भर्नाको लागि मंसिर २९ गते दरखास्त आह्वान गरेको थियो । नगरपलिकाले बिज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नखुलाई विज्ञापन स्थगित गरेको हो । नगरले मेडिकल र कानुन अधिकृत १र१ तथा स्टाप नर्स, सर्वेक्षक १र१ र २ जना अमिनको लागि भनि ५ पदका निम्ति सार्बजनिक सुचना गरेकोमा मेडिकल र कानुन अधिकृत पदको विज्ञापन भने हाललाई स्थगित गरेको प्रमुख प्रशाशकिय अधिकृत सुमनकुमार कार्कीले जानकारी दिए ।                                                                          निर्णय रद्ध गर्न माग गर्दै उपप्रमुख खनालले एक दिन अघि नै ज्ञापनपत्र दिएपनि बार्ताको वातावरण दुवै पक्षबाट नबनेपछि तालाबन्दी भएको हो । यसले नगरको विवाद सतहमा आएको छ । खोलाको ठेक्का देखिनै मेर र उपमेयरबिच बिवाद बढदै आएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban