

सिमरा ।
नेपाल तरुणदल जीतपुरसिमरा कार्यसमितिले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अबसरमा बाराको जीतपुरसिमरा अन्र्तगतको राधाकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र बृक्षारोपण कार्यक्रम तथा अन्र्तकृया कार्यक्रमको आयोजना गरेको छ ।
मलेसियन साल, टिक लगायतका ७० बिरुवा बृक्षारोपण पछि सम्पन्न अन्र्तकृया कार्यक्रका प्रम’ख अतिथिी समेत रहेका नेपाली काग्रेस जीतपुरसिमरा नगर कार्य समिति बाराका सभापति श्यामबाबु गुप्ताले बिपीको राष्ट्रिय एकता तथा मेलमिलापको निती अझपनि धेरै महत्व रहेको बताएका छन् ।
उनले बिपिको चिन्तनमा देश चल्न नसकेको भन्दै अहिले बिपिको चिन्तनभन्दा अलग बाटोमा हिँड्ने समुहले देशलाई ठुलो दलदलमा फसाएको आरोप समेत लगाए ।
तरुण दल नगर सभापति अर्जुन लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर सभापति गुप्ताले बिपीको राष्ट्रिय एकता तथा मेलमिलाप नितीले देश अहिलेसम्म बिदेशी शक्तिबाट जोगिएको टिप्पणी समेत गरे ।
वृक्षारोपण कार्यक्रमपछी विपिको मेलमिलाप दिवसको सम्झनामा मिठाई बितरण समेत गरिएको छ ।
कार्यक्रममा राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समितिका अध्यक्ष सत्य बहादुर श्रेष्ठ, पुर्व अध्यक्ष चौला बहादुर पडिंत, युवा नेता रामकुमार अर्याल लगाएतले कार्यक्रममा मन्तब्य राखेका थिए ।
काँग्रेसका वडा सभापती दिपु भण्डारीको समन्वयमा सम्पन्न कार्यक्रको सञ्चालन २ नं. वडा अध्यक्षका प्रत्यासी तथा काँग्रेसका वडा सचिब युवा नेता संतोष कार्कीले गरेका थिए ।






Write your Comment