वीरगञ्जमा पहिलो संक्रमितको उपचार गर्ने नर्सलाई पहिलो खोप

रातोघर

 २०७७ माघ १४, बुधबार  मा प्रकाशित
४९९ पाठक संख्या


१४ माघ, वीरगञ्ज । वीरगञ्जमा ०६७ चैत २९ गते तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भयो ।

प्रदेश २ मा भेटिएको कोरोना संक्रमणको पहिलो केस नै यही थियो । त्यसबखत कोरोना भनेपछि चिकित्सक स्वास्थ्यकर्मी स्वयं डराउँथे । शंकास्पद संक्रमितलाई आइसोलेसनमा राखिएपनि संक्रमितको उपचारको अनुभव कसैसँग थिएन ।

त्यो समयमा संक्रमितको उपचार गर्नुलाई जिम्मेवारी ठानेर नर्सिङ स्टाफको नेतृत्व गर्ने व्यक्ति थिइन्, नर्स अहेमा थापा । उनै नर्स थापालाई पहिलो भ्याक्सिन लगाएर वीरगञ्जमा कोभिड–१९ विरुद्धको खोप अभियानको शुरुवात गरिएको छ । नर्स थापा तीन जना भारतीय नागरिकको उपचारमा संलग्न नर्स हुन् ।

नारायणी अस्पतालका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय नर्सिङ स्टाफ र मेडिकल डिपार्टमेन्टले कोरोना नियन्त्रणमा अतुलनीय भूमिका निर्वाह गरेको बताउँछन् । कोरोनाविरुद्ध खोप अभियानको शुभारम्भ फ्रन्टलाइनमा खटिएकी नर्सबाट सुरुवात हुँदा कामको सम्मान समेत भएको उनको भनाइ छ ।

‘कोरोना महामारी नेपालमा भर्खरै प्रवेश गरेको समय थियो । के हो, कसो हो कसैलाई केही थाहा थिएन । चिकित्सक स्वास्थ्यकर्मीसमेत डराउनु स्वाभाविक हो । नर्सिङ र मेडिसिन डिपार्टमेन्टले एकदमै सहयोग गर्नुभयो’ डा. उपाध्यायले भने, ‘४० थान पीपीई सेट, स्वास्थ्यकर्मीको जिम्मेवारी बाहेक हामीसँग केही थिएन, नर्स अहेमाले नर्सिङ स्टाफको नेतृत्व गरेर सहास देखाउनुभएकै हो । उहाँको टिमले गरेपछि अरुले नाई नास्ती गरेनन ।’Onlinekhabar

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban