वीरगन्जबाट एक युवक पेस्तोलसहित पक्राउ

रातोघर

 २०७८ बैशाख ९, बिहिबार  मा प्रकाशित
४२६ पाठक संख्या


वीरगन्ज । वीरगन्जबाट एक युवकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–५ बस्ने २५ वर्षका राजु राना मगरलाई पक्राउ गरेको हो।

भारत रक्सौलबाट आउँदै गरेको अवस्थामा वीरगन्ज १६ शंकराचार्य गेटबाट प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट पेस्तोल १ थान र पाइन्टको खल्तीमा लुकाइराखेको सोही पेस्तोलमा लाग्ने २ थान खाली म्याग्जिन बरामद गरेको छ।

पेस्तोलसहित पक्राउ परेका मगरलाई हात हतियार सम्बन्धी मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban