

संखुवासभा । संखुवासभा मादी नगरपालिका –३ का बेहुला बेहुलीलाई कोरोना संक्रमण भएको छ । मादी –३ का २५ बर्षीय विरेन्द्र कुमार मण्डल र २० बर्षीया बेहुली नैनाकला ओझालाई कोरोना संक्रमण पुष्टि भएको मादी नगरपालिका मेयर विदुर सुब्बा लिङ्थेपले जानकारी दिए ।
बेहुला विरेन्द्र र बेहुली नैनाकला १५ दिन अघि काठमाण्डौंबाट मादी आएका हुन् । ज्वरो आउने,रुघाखोकी जस्ता लक्षण देखिएपछि शनिबार एन्टीजीन जाँच गर्दा पोजेटिभ देखिएको मादी नगरपालिकाका स्वास्थ्य शाखा श्रेष्ठले बताए । उनीहरु पढाईको शिलसिलमा काठमाण्डौं बस्दै आएका थिए । उनीहरुको २३ गते बैवाहिक कार्यक्रम रहेको रहेको थियो । बिहेको दुई दिनपछि सामान्य लक्षण देखिएपछि परिक्षण गरिएको थियो ।
संक्रमित देखिएका बेहुला बेहुली दुबै जनालाई चैनपुरमा रहेको आइसोलेसनमा पठाइ सकिएको मेयर विदुर सुब्बा जानकारी दिए । बिहे र पुरान एकै घरमा भएका कारण बैवाहिक समारोहमा सहभागी गाउँभरका अन्यलाई समेत सरेको हुन सक्ने भन्दै सचेत रहन मेयर लिङ्थेपले आग्रह गरे । उनले भने ‘हामी लेले भन्ने गाउँ शिल गरेर बिहे र पुरानमा आउने सबैको पीसीआर परिक्षण गर्न टोली पठाइ सकेका छौं ।’ मेयर सुब्बले बताए । बिहेबाट समुदायमा कोरोना संक्रमण फैलिपछि त्यस क्षेत्रमा अहिले स्वास्थ्यकर्मी सहितको टोली मादीको लेले गाउँमा पुगेर परिक्षण थालिएको उनले बताए । बिहे र पुरानमा तिन सय भन्दा बढी सहभागी भएको उनले बताए । अहिले सम्म सङ्खुवासभा एक सय भन्दा बढी कोरोना संक्रमति भइसकेका छन् । र्





Write your Comment