कलैयामा दुई बालकको घाँटी रेटी हत्या

रातोघर

 २०७८ जेष्ठ ४, मंगलबार  मा प्रकाशित
५५६ पाठक संख्या


बारा । बाराको कलैयामा दुई जना बालकको घाँटी रेटेर हत्या गरिएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।

सोही वडा निवासी अब्दुल गफार अन्सारीका दुई जना छोरा करिब ५ वर्षीय छोरा अमन अन्सारी र करिब ८ वर्षीय उस्मान अन्सारीको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाइएको छ ।

घटना बारे थाहा पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्राको टोली घटना स्थल पुगेको छ ।

स्थानीयहरुका अनुसार ती बालकहरुको शव मंगलवार बिहान मदर्शा टोलमा भेटिएको हो । सोमवार साँझ खेल्न भनेर घरबाट निस्किएका दुई बालक हिजो देखि नै सम्पर्क बिहिन भएका थिए ।

बारा प्रहरीले दुबै जना बालकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको छ, भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्राले बताएका छन्

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban