

वीरगञ्ज १० जेठ । पर्सा जिल्लामा कोरोना सङ्क्रमित थपिने दर लगातार घट्ने क्रममा छ ।
बैशाखमा उत्कर्षमा पुगेको कोरोना सङ्क्रमण दर जेठको पहिलो सातादेखि घट्न थालेको हो ।
नारायणी अस्पतालस्थित आरटी-पिसीआर प्रयोशालामा आइतबार विभिन्न स्थानबाट आएका १ सय ९२ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा पर्साका १९ जनासहित ४३ जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार पर्साका १९ सहित बाराका १२, सर्लाहीका ९, रौतहटका २ र धनुषाका १ जनामा सङ्क्रमण पुष्टि भएको छ ।





Write your Comment