भरुवा बन्दुकसहित लिम्बू पक्राउ

रातोघर

 २०७८ आश्विन १, शुक्रबार  मा प्रकाशित
३२७ पाठक संख्या


१ असोज, विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–५ बाट दुई नाल भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार साँझ घरमा लुकाएर राखेको अवस्थामा दुईवटा बन्दुक भेटिएपछि ४३ वर्षीय जगतबहादुर लिम्बूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

उनको घरमा छापा मार्दा भरुवा बन्दुक फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए । पक्राउ परेका लिम्बूमाथि शुक्रबार म्याद थप गरी हातहतियार तथा खरखजाना मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban