दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

रातोघर

 २०७८ पौष १७, शनिबार  मा प्रकाशित
३७० पाठक संख्या


पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–६ स्थित दुर्गा मन्दिर नजिक आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प १८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–११ निवासी २५ वर्षीय सञ्जय साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा परी गम्भीर घाइते साहलाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा माटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban