सौर्य एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज पक्राउ

रातोघर

 २०७८ पौष १८, आईतबार  मा प्रकाशित
४१० पाठक संख्या


१८ पुस, काठमाडौं

त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद भएको प्रकरणमा सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन इन्चार्ज प्रकाश पौडेल पक्राउ परेका छन् ।

उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । यसअघि शनिबार विराटनगरबाट सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू-२४ मा काठमाडौं आएकी सिनामंगलकी ३३ वर्षीया रेशा शाक्य पोखरेल स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ परेकी थिइन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban