रूखले किच्दा धनुषामा दुई बालबालिकाको मृत्यु

रातोघर

 २०७८ माघ २१, शुक्रबार  मा प्रकाशित
५१३ पाठक संख्या


२१ माघ, जनकपुर । हावाहुरीले रूख ढल्दा शुक्रबार धनुषामा दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको मसालाको रूख ढलेर किच्दा दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सात वर्षीय बालक अरबिन्द सदा र आठ वर्षीया प्रतिमाकुमारी सदा रहेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार उनीहरू विद्यालयमा खेलिरहँदा एक्कासी रूख ढलेको थियो । ढलेको रूखले टाउकोमा चोट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban