

२२ माघ, जनकपुरधाम। मधेश प्रदेश सरकारले किसानको समस्या समाधान गर्नका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।
शनिबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।
समितिमा अर्थ मन्त्री शैलेन्द्र साह, आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुद्यन महतो र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा सदस्य छन् ।
समितिले प्रदेशका किसानको समस्या पहिचान गर्दै समाधानका उपायहरुबारे प्रतिवेदन तयार पार्नेछ । यो प्रतिवेदनको आधारमा प्रदेश सरकारले किसानका लागि गर्नुपर्ने काम अघि बढाउने सरकारका प्रबक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले बताए ।





Write your Comment